Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

अन्तर सहकारी फुटसलको उपाधी प्रतिफललाई

Futsal-1505214151.JPG

२७ भदौ, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना एवं रेडियो मकवानपुरको व्यवस्थापनमा सञ्चालन भएको अन्तर सहकारी फुटसल प्रतियोगिताको उपाधि प्रतिफल बचत तथा ऋण सहकारी संस्था  लिमिटेडले जितेको छ । 
मङ्गलबार बिहान भएको फाइनल खेलमा साईराम बचत तथा ऋण सहकारीलाई २–० गोल अन्तरले हराउँदै प्रतिफलले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि थप गरिएको समयमा प्रतिफलले २ गोल गरेको हो । प्रतिफलको जितमा मित्र गौतम नायक बने । ब्याक पास खेल्दै गरेको मौका छोप्दै गौतमले बललाई पोष्टको दिशा दिएका थिए । यस्तै दोस्रो गोल पनि गौतमकै नाममा रह्यो । साईरामका गोलरक्षक अघि बढेको मौका छोप्दै उनले दोस्रो गोल गरेका हुन् । 
निर्माण उपभोक्ता सहकारी र प्रतिफल सहकारीकोबीचमा फाइनल खेल हुनुपर्नेमा निर्माणको बिरुद्धमा उजुरी परेपछि फाइनल खेल्नबाट बञ्चित भएको थियो । प्रतियोगिताको विजेता प्रतिफल सहकारीले नगद १५ हजार र उपविजेता भएको साईरामले १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसाभाको सन्दर्भमा पहिलो पटक मकवानपुरका अन्तर सहकारी फुटसल आयोजना भएको हो । प्रतियोगिताको विजेता उपविजेता टिमलाई असोज ८ गते हुने सहकारीको बार्षिक साधारणसभाको दिन पुरस्कार प्रदान गरिने छ । 
मङ्गलबार प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई सहकारीका कोषाध्यक्ष ईश्वर पण्डित, व्यवस्थापक रमेश कोइराला र रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहालले शिल्ड प्रदान  गरेका थिए । प्रतियोगितामा जिल्लाका ९ सहकारीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार