Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

हेटौंडाको आर्थिक विधेयक पारित

प्लटिङ शुल्कमा उल्लेख्य बृद्धि, पक्कीघरको मूल्याकंन सामान्य बृद्धि

Nagar-1499953448.jpg

२९ असार, हेटौडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रर्म पारित भएको छ । बिहीबार सम्पन्न प्रथम नगर सभा अधिवेशन (बैठक)बाट १ अर्व २२ करोड ९० लाख ३५ हजार आयको अनुमान सहितको आर्थिक विधेयक पारित भएको हो । 
नगर प्रमुख हरिबाहादुर महतको अध्यक्षतामा शुरु भएको सभा बैठक मा उप प्रमुख  मिना कुमारी लामाले आर्थीक बर्षा २०७४/०७५ को अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रम सभामा पेश गरेकी थिईन् ।

लामाले प्रस्तुत गरेको २०७४ /०७५ को आर्थीक बिधेयकमा  नगरमा पक्की घर बनाउने कर वृद्धि हुनुका साथै महिलाले दर्ता गर्ने उद्योगमा विशेष छुट प्लटिङ स्वीकृत प्रदान गर्दा लाग्ने शुल्कमा भने उल्लेख्य बृद्धि  गरिएको छ । 

पक्कीघरहरूको मूल्याकंनमा सामान्य बृद्धि गरेको छ भने कर निर्धारण गर्दा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकमको ३० प्रतिशत भन्दा बढी नहुने गरी कर संकलन गर्ने र यदि कर निर्धारण गर्दा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकम भन्दा कम  हुने भएमा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकम भन्दा कमी नहुने गरी कर संकलन गर्ने गरी प्रस्ताव गरेको छ ।

त्यसैगरी उपमहानगरपालिकाले हाल अभ्यासमा नआएका  उपमहानगरपालिका क्षेत्रभित्र रहेका वातावरणलाई प्रतिकुल प्रभाव पार्ने उद्योग, व्यवसाय, वातावरण प्रदूर्षण गर्ने खालका बस्तु सेवाको कारोबार गर्ने व्यक्ति, संघसंस्थालाई  वातावरण प्रदूर्षण शुल्क लगाउने  प्रस्ताव गरेको छ । 

महिला उद्यमीहरूले सञ्चालन गर्ने उद्योगहरूको दर्ता दस्तुरमा निर्धारित दस्तुरको ५० प्रतिशत छुट दिने गरी प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाले  प्रदान गरिने विभिन्न प्रकारका सेवामा साबिकदेखि लाग्दै आएको दस्तुर तथा सेवा शुल्क मध्ये केहीमा सामान्य बृद्धि सहित प्लटिङ स्वीकृत प्रदान गर्दा लाग्ने शुल्कमा भने उल्लेखय बृद्धि गर्ने प्रस्ताव गरिएको छ । 

अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रम माथि सभा सदस्य राजन थापा, बेगम बराल,जनरल श्रेष्ठ, रघुनाथ खुलाल, इन्द्र नेपाल र देवराज रिमालले आ–आफ्नो जिज्ञासा राखेका थिए भने उप प्रमुख मिना कुमारी लामाले सभा सदस्यबाट आएको जिज्ञासालाई सम्बोधन गरेकी थिइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार