Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

उपाधिको लागि निर्माण र प्रतिफल भिड्ने

futsal_1396329116-1504887-1505145522.jpg

गुगल तस्बिर

२६ भदौ, हेटौंडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा रेडियो मकवानपुरको व्यवस्थापनमा मकवानपुरमा पहिलो पटक सञ्चालन भएको अन्तर सहकारी फुटसलको उपाधिको लागि निर्माण उपभोक्ता सहकारी र प्रतिफल बचत तथा ऋण सहकारी संस्था भिड्ने भएका छन् ।

सोमबार भएको पहिलो सेमिफाइनलमा प्रतिफलले नारायणी बहुउद्देश्यीय सहकारी संस्थालाई २–१ गोल अन्तरले हराएको हो । प्रतिफलको लागि सुमन भुजेल र सुवास रायमाझीले समान एक/एक गोल गरे भने नारायणीको तर्फबाट एक मात्र गोल स्यान्टो आचार्यले गरेका हुन् । बेलुका भएको अर्को सेमिफाइनल खेलमा निर्माण उपभोक्ता सहकारीले साइराम बचत तथा ऋण सहकारीलाई ४–१ गोल अन्तरले हराएको हो ।

निर्माणको जितमा राज शाहीले २ र आशिष मानन्धर तथा सशील देउलाले समान एक÷एक गोल गरेका हुन् । फाइनल खेल आज मङ्गलबार बिहान ८ बजे हुने प्रतियोगिताको व्यवस्थापक रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहालले जानकारी दिए । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसाभाको सन्दर्भमा पहिलो पटक आयोजना गरिएको अन्तर सहकारी फुटसलको विजेता र उपविजेता टिमले क्रमश : नगद १५ हजार र १० हजार रुपियाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको विजेता टिमलाई असोज ८ गते हुने सहकारीको बार्षिक साधारणसभाको दिन पुरस्कार प्रदान गरिने आयोजक दिव्यतारा सहकारीका सचिव गणेशप्रसाद भेटवालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

थप समाचार