Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

उपाधीका लागि आर्मी र पुलिस भिड्ने

National-VolleyBall-Cop-1-1505740469.jpg

२ असोज, हेटौँडा । केशवलाल श्रेष्ठ स्मृति दोस्रो पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी होडमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन् । 
मंगलबार हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको खेल मैदानमा उपाधीका लागि नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबको टिमबीच फाइनल खेल हुनेछ । सोमबार भएको सेमीफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई  पराजित गर्दै नेपाल आर्मी क्लब फाइनल प्रवेश गरेको हो भने आयोजक मकवानपुरलाई पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो । सेमीफाइनलमा नेपाल आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २६–२४, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । 
यस्तै दोस्रो सेमीफाइनल खेलमा नेपाल पुलिस क्लबले आयोजक मकवानपुरलाई २५–२०, २५–१५ र २५–१६ को सोझो सेटमा पराजित गर्यो । प्रतियोगिताको उपाधी विजेताले २ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैया नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो स्थानका लागि आयोजक मकवानपुर र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच खेल हुनेछ । तेस्रो हुने टिमले नगद ५० हजार रुपैयासहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने चौथो हुने टिमले सान्त्वना स्वरुप २५ हजार रुपैया प्रदान गरिनेछ । 
प्रतियोगितामा उत्कृष्ट विधागत पुरस्कार समेत प्रदान गरिनेछ । ८ टिमको सहभागिता रहेको प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुर र युवा तथा खेलकुद समन्वय समिति हेटौंडा–१९, बस्तीपुरको संयुक्त आयोजनामा भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार