Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कम्युनिष्टको लालकिल्ला भत्किदैछः डीना

 एकसय महिला काँग्रेसमा प्रवेश

kailash-foto-1511181812.jpg

४ मसरि, हेटौँडा । काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरमा  कम्युनिष्टको लालकिल्ला भत्किने दावी गरेकी छिन् ।
 सोमबार मकवानपुरको मनहरी गाउँपालिका महिला संघको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा उनले काँग्रेसको विकास र बोलेको कुरा पूरा गर्ने व्यवहारका कारण पछिल्लो समय काँग्रेसमा प्रवेशको लर्को लागेकोले लालकिल्ला नाम मात्रको हुने दावी गरेकी हुन् ।

काँग्रेसको नेतृत्वमा मुलुकमा भएको परिवर्तन, जिल्लामा भएको विकास र राजनीतिक सम्भावना बोकेका उम्मेदवार भएको कारणले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको छ’, डीनाले भनिन्, ‘पछिल्लो समय काँग्रेसमा आएको पार्टी प्रवेशको लहरले पनि काँग्रेसप्रतिको आकर्षण स्पष्ट देखिएको छ ।’ झुटा र फोस्रा आश्वासन बाँड्ने कम्युनिष्ट नेताको बोलीमा फसेर मकवानपुरका जनताले पटक पटक कम्युनिष्टलाई जिताएको स्मरण गर्दै उनले अब नेपाली जनताले नयाँ ‘च्वाइस’ गर्ने दावी गरिन् । ‘कम्युनिष्टको बोली र व्यवहारमा रहेको फरकपना र झुटा आश्वासनले गर्दा मकवानपुरका जनता आजित भैसकेका छन् । यो पटक लोकतान्त्रिक गठबन्धनको विजय हुनेछ र मकवानपुरका विकास कस्तो हुन्छ ? भन्ने हामी देखाउन चाहन्छौँ’, उनले भनिन् । ्
यस्तै प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले पटक पटक जितेर पनि विकासको र जनताको हितको नाममा सिन्को नभाँचेका नेताहरु फेरि भोट माग्न आइरहेकोले उनीहरुको फोस्रा आश्वासनमा नफस्न जनतालाई अनुरोध गरे । ‘हामी कुरा हैन काम गरेर देखाउँछौँ, कुरामा पानी जहाज चलाउने, पाइपलाइनबाट ग्याँस ल्याउनेहरु फेरि झुक्याउन आउँदैछन्, सचेत रहनुहोला’, बानियाँले भने, हामीले भोट हाल्ने दिन गरेको गल्तीले ५ बर्षसम्म रुने कि ? यस क्षेत्रको विकास गर्न हामी संगसंगै हातेमालो गरी हिँड्ने भन्दै योग्य उम्मेदवार रोज्ने मतदातालाई आग्रह गरेका छन ।
महिला संघ साविक मनहरी सभापति सावित्री अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर उपमहानगरपालिका उपमेयर पार्वती शाह, काँग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एकसयजना महिला काँग्रेसमा प्रवेश गरेका थिए । 

                           सरिखेतमा प्रचारप्रसार कार्यालय
यस्तै मकवानपुरको राक्सिराङ गाउँपालिकाको १ र २ नम्बर वडामा पर्ने सरिखेतमा प्रचारप्रसार कार्यालय उद्घाटन भएको छ । प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले कार्यालय उद्घाटन गर्दै चुनावको समयमा प्रतिबद्धता जनाएका कुरा पूरा नभएमा अर्को पटक गाउँमा आउँदा लखेट्न अनुरोध गरेका छन  । उनले आफु फोस्रा आश्वासन नभई विकास दिन चाहेको भन्दै   यहाँका जनताको सुखदुःखको साथी बन्न चाहेको बताए ।  सिँहराम मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायतले मन्तव्य व्यक्त गरेका थिए ।


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

थप समाचार