Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

कस्ले जित्ला बालोन डी’ओर ? यस्तो छ, मनोनयन 

Balon-d-or-1507602068.jpg

२४ असोज, हेटौँडा । विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित अवार्ड बालोन डी’ओरको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्दै आएको यो  अवार्डका लागी सोमबार ३० खेलाडीको नाम सार्वजनिक गरिएको हो । 
अवार्डका लागी प्रारम्भिक मनोनयनमा गत वर्षका विजेता (रियल मड्रिड र पोर्चुगल) सहित लियोनल मेस्सी (बार्सिलोना र अर्जेन्टिना, नेइमार ( पिएसजी र ब्राजिल), लुइस स्वारेज (बार्सिलोना र उरुग्वे)सहितका खेलाडी परेका छन् । 
यसैगरी मनोनयनमा परेका अन्य खेलाडीहरुमा पिएर एमरिक (बोरुसिया डर्टमुण्ड), करिम बेन्जिमा (रियल मड्रिड), लियोनार्डो कोनुकी (एसी मिलान र इटाली), जियानलुइजी बुफोन (युभेन्टस र इटाली), एडिसन काभानी (पिएसजी र उरुग्वे), फिलिप कोन्टिन्हो (लिभरपुल र ब्राजिल), केविन डी ब्राउन (म्यानचेस्टर सिटी र बेल्जियम), डेविड डी जिया (म्यानचेस्टर युनाइटेड र स्पेन), पाउलो डिबाल (युभेन्टस र अर्जेन्टिना), एडिन डिजेको (रोमा र बोसनिया हर्जगोभिना), राडामेल फालकाओ (मोनाको र कोलम्बिया), एन्टोनी ग्रिजम्यान (एथ्लेटिको मड्रिड र फ्रान्स), इडन हजार्ड (चेल्सी र बेल्जियम) रहेका छन् ।
यस्तै मनोनयनमा म्याट्स हमेल्स (बार्यन म्युनिख र जर्मनी), इस्को (रियल मड्रिड र स्पेन), ह्यारी केन (टोटनह्याम र इंग्ल्याण्ड), एंगोलो कान्टे (चेल्सी र फ्रान्स), टोनी क्रस (रियल मड्रिड र जर्मनी), रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख र पोल्याण्ड), साडिओ माने (लिभरपुल र सेनेगल), मार्सेलो (रियल मड्रिड र ब्राजिल), केलियन एमबाप्पे (पिएसजी र फ्रान्स), ड्रिएस मेर्टेन्स (नापोली र बेल्जियम), लुका मोड्रिक (रियल मड्रिड र क्रोएसिया), ज्यान ओब्लाक (एथ्लेटिको मड्रिड र स्लोभेनिया), सर्जियो रामोस (रियल मड्रिड र स्पेन) रहेका छन् ।
मनोनयनमा परेका यी खेलाडी मध्येबाट भोटका आधारमा अन्तिम तीन खेलाडीको नाम सार्वजनिक हुनेछ । त्यसमध्ये एक जनालाई यो वर्षको अवार्ड प्रदान गरिने छ । सन् २००८ यता रोनाल्डो र मेस्सी बाहेक अरुले यो अवार्ड जितेका छैनन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार