Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

किन मनाईन्छ शिवरात्री ?

lord-shiva-with-snake-1487917047.jpg

हिन्दूधर्मावलम्बीहरुले शिवको पूजा आरधना गरी शिवरात्री मनाउँछन् । भगवान् ब्रह्माले रूद्ररूपि शिवजीलाई उत्पन्न गरेको दिनको रुपमा  शिवको पूजा आरधना गरिन्छ । आजकै दिन शिव पार्वतीको विवाह भएको थियो । नेपालमा पशुपतिनाथ मन्दिर परिसर तथा देशैभरका शिवमन्दिरहरुमा यस दिन भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।

सृष्टिकालमा आज भगवान् शिव मध्यरात्रीकालमा ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएको विश्वास गरिन्छ ।  शिवले ताण्डव नृत्य गर्दै तेस्रो नेत्र खोल्दा त्यसबाट निस्किएको ज्वालाले ब्रह्माण्डलाई समाप्त पार्ने प्रलयकालका रुपमा आजको दिनलाई लिइन्छ । आजकै दिनबाट ब्रम्हाले पनि नयाँ वैदिक शक्तियुक्त श्रृष्टिको शुरुवात गर्दछन् । त्यसैले यस पर्वलाई महाशिवरात्री भनिएको हो । महाशिवरात्रीकै रात शिव पार्वतिको विवाह भएको विश्वास गरिने हुँदा, आज राती शिवजीको जन्ती निकालिन्छ ।

कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा पनि मनाउने गरेका छन् । निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमायुक्त किर्तन गरी शिवरात्रीको ब्रत उत्सव मनाइन्छ । शिवरात्रीलाई धार्मिक अनुष्ठानको राजा दिन भनिन्छ । शिवरात्रीका बेला पूजन वा शिवार्चनमा इशानमूर्तिको दूधले स्नान गरिन्छ भने अघोरमूर्तिमा दहिले स्नान गराइन्छ ।

त्यस्तै वामदेवमूर्तिलाई घिउले र सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ ।शिवभक्तहरुले कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार वटा रात्रीहरु विशेष रुपमा मनाउँदछन् । उक्त रात्रीमध्ये सवैभन्दा महत्वपूर्ण र पवित्र भएकाले शिवरात्रीलाई महाशिवरात्री भन्ने गरिएको हो । शिवले महाशिव महादेव र रात्री शब्दले अज्ञानतायुक्त अन्धकार बुझाउँदछ ।

त्यहि अज्ञानतायुक्त अन्धकारबाट मुक्त हुन शिवरात्रीका दिन शिवभक्ति गर्नुपर्ने मान्यता छ । शिवरात्रीलाई कष्टकर जीवन विताईरहेका समस्त प्राणीका हृदयमा शिव भाव छर्ने र उनीहरुको सुखमय दिनको शुरुवातको रेखा कोर्ने दिनका रुपमा लिइन्छ । व्रतोत्सवहरु मध्ये सर्वोत्तम मानिएको महाशिवरात्रीका दिन उपवास बसी ॐ नमः शिवायू मन्त्र जपेमा, सर्वसिद्धी लाभ हुने विश्वास छ । यसो गर्दा यमलोक जानु नपर्ने धार्मिक विश्वास गरिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार