Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

चेपाङ मार्ग र पर्यटन मार्ग मेरो प्राथमिकताः बानियाँ

Siladhuni-1511354278.jpg

६ मंसिर, हेटौँडा । प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफ्नो क्षेत्रमा पर्ने चेपाङ मार्ग र पर्यटन मार्ग आप्mनो प्राथमिकतामा रहेको बताएका छन् । 

राक्सिराङ–६ शिलाधुनीमा बुधबार भएको चुनावी सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बानियाँले चितवनको भण्डारा हुँदै मकवानपुरको काँकडा छोएर जाने चेपाङ मार्ग र भण्डारा शिलाधुनी डाँडाखर्क हुँदै दामन जोड्ने पर्यटन मार्गको विस्तार आफ्नो  प्राथमिकतामा रहेको बताए । कम्युनिष्टहरुसंग भाषण गर्ने कला भएपनि काम गर्ने क्षमता नभएको भन्दै उनले विकासका लागि लोकतान्त्रिक गठबन्धनले विजय हासिल गर्नुपर्नेमा जोड दिए । 

कम्युनिष्टहरुले जित्दा विकास नगर्दा यस क्षेत्रमा तामाङ र चेपाङ समुदायको जीवनस्तर पछि परेको भन्दै सडक, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता अत्यावश्यक पूर्वाधारमा आफुले काम गर्ने बताए । बाम गठबन्धनले सिमान्तकृत चेपाङ समुदायलाई उपेक्षा गरेको भन्दै बानियाँले नेपाली कांग्रेसले चेपाङ संघ मकवानपुरका पूर्व अध्यक्ष सन्तबहादुर चेपाङ र तामाङ समुदायबाट जानकी लामालाई समानुपातिक सूचिमा राखेको बताए । 

नेपाली कांग्रेस काँकडा इकाई सभापति जयबहादुर तितुङको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार सन्तबहादुर चेपाङ, जानकी लामा, कांग्रेस जिल्ला सदस्य भीमसेन महत, राप्रपा क्षेत्रीय अध्यक्ष गोविन्द रिजाल, राप्रपा जिल्ला सदस्य देव लामा, कांग्रेस क्षेत्रीय सभापति लोक मोक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनजागरण पार्टी परित्याग गरी ६० जना नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
 

Siladhuni1-1511354278.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार