Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

दलीय एकताको खाँचो

Aalok-Dulal-1497420578.jpg

आलोक दुलाल

२० बर्षपछि भर्खरै मात्र स्थानिय तहमा गरेको यो निर्बाचनको दोस्रो चरण बाँकी नै छ । चार क्षेत्रमा चुनाव बाँकी नै रहँदा केही भन्नू हावादारी हुनसक्छ। तर पनि के हो भने नेपाल को ६/७ दशक राजनैतिक अभ्यास र जनयुद्ध गरेका तथा मधेस आन्दोलनका नाउमा गठन भएका पार्टीहरुको अहिले असली पहिचान पाउँन ठ्याक्कै गाह्रो देखिन्छ ।

यी मध्ये बामपन्थी या दक्षीण पन्थी कुनै पनि पार्टीको चरित्र र व्यवहार बिल्कुलै मेल नखाको प्रष्ट भएको छ ।  नेपाली कांग्रेस र माओबादी या एमाले र राप्रपाबीचको ताममेलले उनहरुको बैचारिक धरातलमा ठूलै प्रश्न खडा गरेको छ । भिन्न कालखन्डमा नेपालका राजनैतिक दलहरु सरकारका लागि आफ्नो बैचारिक आस्थालाई तिलाञ्जली दिन पछि पर्दैनन । उनीहरु सत्ता प्राप्तिका लागि जहिले पनि आफ्नो अडानबाट ‘यु टर्न’ हुन सक्छन् भन्ने अब लुकाउनुपर्ने विषय रहेन । तर देशको राजनैतिक तरलतालाई ध्यानमा दिएर देशहरुबीच समन्वय र गठबन्धन हुनु जरुरी त छ तर आफ्नो राजनैतिक धरातल जोगाउनु पनि उत्तिकै आवश्यक छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्दै २०७४ माघभीत्र प्रदेश र संघिय चुनाव हाम्रो सामु बाँकी रहेको अवस्थामा राजनैतिक धु्रविकरणको मोडमा रहेको देखिन्छ । तर यसलाई मिलाउन दलहरुले पार्टीभन्दा माथि उठेर ठोस निर्णय गर्नु आवश्यक छ न कि सत्ताका लागि मिल्ने तर देश समस्यामा पर्दा विभाजन होइन । अहिले देशमा देखिएको आन्तरिक समस्या मिलाउँदै जानुपर्ने देखिन्छ । यसका लागि संविधान संशोधन गर्नै परेपनि सबै दलले मध्यविन्दु पहिल्याएर संशोधन गरी मधेशमा आन्दोलनरत पक्षलाई समेत मिलाएर अघि बढ्नु बुद्धिमानी देखिन्छ । संविधान संशोधनकै विषयमा अलमलिंदा रात रहे अग्राख पलाउँछ भन्ने उखान सम्झदै यसलाई बेलैमा सम्बोधनको खाँचोतर्फ दलहरुले ध्यान दिनु आवश्यक हुन्छ ।

दलहरुले अहिले बुझ्नुपर्ने मूल विषय के हो भने सत्ताका लागि मात्रै मिल्ने भन्दा पनि देशको हित र प्राप्त उपलव्धीलाई संस्थागत गर्न चाँही दलहरुबीच समान धारणा आवश्यक छ । २००७ सालदेखि लोकतन्त्रका लागि सधैं लडिरहेका नेपाली जनताको पक्षमा दृढ संकल्पका साथ जुट्नु दलहरुको दायित्व हो । त्यसैले इतिहासमा गरेका गल्तिबाट पाठ सिक्दै सबैले आफ्नो दलिय स्वार्थलाई त्यागेर केही लचक हुँदै राष्ट्रिय हित र स्वार्थलाई ध्यान दिन सक्ने नेतृत्व अहिलेको खाँचो हो । यसतर्फ उनीहरुको आँखा खुल्नु आवश्यक छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार