Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

नेपालको पानीजहाज चल्ने भयो रे...

नपत्याए हेर....पत्रिकामा आ’छ

Ship-Nepal1-1472451784.jpg

१३ भदौ, हेटौँडा । पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो कार्यकालमा विकासका धेरै विषय उठाए । त्यसमध्ये नेपालले महासागरमा पानीजहाज चलाउने भन्दै उनले भाषण गरेका थिए । पूर्वप्रधानमन्त्री ओलीको भाषणलाई लिएर यसपाली तीजको गीत बजारमा आएका छन् । धनकुमारी थापा ‘सरु’ ले ‘नेपालको पानीजहाज’ एल्बम बजारमा ल्याएकी छिन् । मनोजसिंह धामीको शव्द/संगित रहेको गीतमा भनिएको छ ।
पूर्वपश्चिम रेल चाईनाबाट तेल, नेपालको पानीजहाज चल्ने भयो रे
नेता ज्यूले भनेको नेपालको पानीजहाज चल्ने भयो रे ।

हाँस्यकलाकार दमन रुपाखेतिलाई भिडियोमा प्रस्तुत गरिएको गीतमा सर्टिफिकेट राखेर ऋण, हावाबाट विजुली, घरघरमा ग्याँसको पाईप जस्ता विषयलाई पनि व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । कृषिमा लगानी गर्ने भनिएको विषय पनि गीतमा उल्लेख छ ।
युवा विदेश बाँझै छ जग्गा नि, गर्ने अरे कृषिमा लगानी
हावाबाट विजुली बल्ने भयो रे ।

सर्वसाधारणले भने धाराको पाईपमा पानी नआउने जमानामा ग्याँस पाईने भो भन्दै व्यंग्य गरेका छन् । उनीहरुले जाजरकोटमा जीवनजल नपाउँदा पखाला लागेर जनताले मृत्युवरण गर्नुपरेको विषयलाई समेत उठाएका छन् ।
त्यसैगरी, गायक सितल शर्माले ‘पानीजहाज’ बजारमा ल्याएका छन् । उनले पनि ओलीका विकासे भाषणलाई प्रस्तुत गरेका छन् ।
हाम्रो देशले पानीजहाज चलाउने भा छ, नपत्याए हेर मैया पत्रिकामा आ’छ
अब त हामी को भन्दा कम....

हाँस्यकलाकार राजु मास्टरलाई भिडियोमा प्रस्तुत गरिएको गीतमा ग्याँस सिद्धिएको विषयलाई प्रस्तुत गर्दै भनिएको छ ।
भान्सा कोठा ग्याँसको पाईप जोड्ने आ’छ हल्ला, बोक्न अब नपर्ने भो सिलिण्डरका डल्ला ।
ओल्लो डाँडा पल्लो डाँडा केबुलकारमा सुत्त, काठमाण्डौंमा छिरेपछि हेटौँडामा फुत्त ।
दैलेखमा खानी पत्ता लाग्यो भन्छन् तेलको, काठमाण्डौंमा चर्चा चल्न थाल्यो मेट्रो रेलको ।

दुबै गीतमा पूर्व प्रधानमन्त्री ओलीले सुनाएका आफ्नो विकासे योजना सफल भईदिए जनतालाई लाभ हुने अपेक्षा गरिएको छ । तर सानातिना समस्या नै समाधान हुन नसकिएको अवस्थामा गरिएको विकासे भाषणलाई आशंकाको दृष्टिकोणले हेरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार