Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

पदमपोखरी, नामटार र सक्षम विजयी

Game-1505372962-150548293-1505827077.JPG

३ असोज, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेल भएका छन् । 
मंगलबारको पहिलो क्वाटर फाइनल खेलमा पखमपोखरी युथ क्लव विजयी भएको छ । पदमपोखरीले विहानी क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुईतर्फबाट १–१ गोल भएपछि खेल टाईब्रोकरमा धकेलिएको थियो । टाईब्रेकरमा पदमपोखरीका तर्फबाट विशाल थिङ, नरेन्द्र गोले, आकाश स्याङ्तान र सूर्य वाईबाले गोल गरेका थिए भने बिहानीका तर्फबाट रुपेश थिङ र संगम राईले मात्र गोल गर्न सफल भए । 
दोस्रो खेलमा कमलदेवी युवा क्लब हर्नामाडीलाई एफसी नामटारले पराजित गरेको छ । नामटार ६–१ गोल अन्तरले विजयी भएको हो । नामटारको तर्फबाट सुमन स्यांतान र अरुण थोकरले २÷२ गोल, विकल मोक्तान र उमेश थिङले १÷१ गोल गरे । कमलदेवीको तर्फबाट निरज लामाले १ गोल गरे ।
यसअघि विहान क्वाटर फाईनलमा प्रवेशका लागि सक्षम युवा क्लब नेवारपानी र निब्टा क्लब निबुवाटारबिच भएको खेलमा सक्षम विजयी भएको छ । सक्षमले ३–२ गोल अन्तरले निब्टालाई पराजित गरेको थियो । सक्षमका तर्फबाट दिनेश गोले, अमृत गोले र मरिचमान भ्लोनले गोल गरे भने निब्टाका लागि विशाल डंगोल र सोनाम लामाले गोल गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार