Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

पालाे सबैकाे अाउँछ

Lok-1505283393.jpg

लोकबहादुर चापागाईं

पालाे सबैकाे अाउँछ
पर्खाइ समयकाे हाे 
अदम्य साहस र धैर्यकाे हाे 
परिणामकाे पर्खाइले हतार भएकाे हाे 
अाँफ्नै कालखन्डमा चिताकाे पुगाेस भन्ने अपेक्षा हाे 
तर, संधै साेचे जस्ताे हुँदैन
अहिले त्यही परिक्षा मझधारमा राेकिएकाे छ
तिमीले ताली बजाकाे ठाउँमा मैले ठाेक्ने पालाे अाएकाे छ
मेराे गालीकाे ठाउँमा तिम्राे प्रतिसाेधले जवाफ पाएकाे छ
तिमी सत्ताभाेगमा लिप्त हुँदा
एकपछि अर्काे सुन्दरी काखी च्याप्दा
निर्माण भएकाे संगठन छ
सत्ताधारीकाे असली परिक्षा सुरू भएकाे छ
प्रतिपक्ष अझ दरिलाे चाहिएकाे छ
पालाे सबैकाे अाउँछ
पर्खाइ समयकाे हाे 
अदम्य साहस र धैर्यकाे हाे ।

तिम्राे कलकलाउँदाे जवानीकाे मुहार हेर
किन किन प्रश्न साेध्न मन लागेकाे छ
त्याे मुहार हेरेर र प्रतिक्रिया सुनेर
हाँसाेका फाेहरा छुटाउन मन लागेकाे छ
तिम्रो पछिल्लो प्रतिक्रियामा सहानुभुति जागेकाे छ
'भाई फुटे गवार लुटे' उखान सम्झेकाे छु
अरूलाई चाेर अाैंला देखाउँदा
बाँकी ४ अाैंला तिमीतिरै फर्केकाे छ
अर्काेकाे जिम्मेवारीमा प्रश्न उडाउँदा
तिमीले जिम्मेवारी पुरा ग-याै साेध्न मन लागेकाे छ
मेराे 'मुटु' छियाछिया पार्ने तिम्राे हर्कतलाई
कुरीकुरी भन्ने समय पर्खेकाे छु
पालाे सबैकाे अाउँछ
पर्खाइ समयकाे हाे 
अदम्य साहस र धैर्यकाे हाे ।

कर्म अाफू गर्ने हाे, भागीदार पनि अाँफै
अाफ्नाे जिम्मेवारी छाडेर अर्काेकाे कर्म पछि लाग्ने
तिम्राे वाैद्धिकताकाे खाेईलाे देखेर
अाफ्नाे अाैकात सडकमा छरपस्ट हुँदाकाे अावेग
स-साना केटाकेटीमाथी प्रहार हुँदा
म पुलकित हुउँ कि बिस्मित 
सकारात्मक समेतमा धनि अाज 
नावालकहरूसँग प्रतिसाेधमा उत्रेकाे सुन्दा
भाेलीकाे घर कस्ताे हाेला साेचिरहेकाे छु
तर, राम्राे शिक्षादिक्षाका कारण तिम्रा हरेक तिकडम
अग्रमाेर्चामा नअाईकनै अवसानकाे बाटाे समातेकाे छ
पालाे सबैकाे अाउँछ
अति गरे खति हुन्छ, परिणाम यही कालखन्डमा अाउँछ
पर्खाइ समयकाे हाे 
अदम्य साहस र धैर्यताकाे हाे

२०७४।०५।२८।४, सूर्यविनायक ४, दधिकाेट, साझा नगर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार