Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

प्रशासकको सरुवाले रोकिन्छ त सडक विस्तार ?

Police-Sadak-1484721244-1485675921.jpg

 

फाइल तस्विर

१६ माघ, हेटौँडा । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीको सरुवासंगै हेटौँडा सडक विस्तारको काम रोकिने चर्चा चल्न थालेको छ । 
सडक विस्तार थालकै कारण सरुवा भएको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रशासकको सरुवासँगै सडक विस्तारको काम रोकिने दावि गरिरहेका छन् । सामाजिक सञ्जालमा सक्रिय २५ मिटर क्षेत्रमा घर संरचना रहेका घरधनी र व्यवसायीले सरुवा भएसँगै खुशी व्यक्त गर्दै अब सडक विस्तार रोकिने पनि दावि गरिरहेका छन् । केहीले सडक विस्तारकै कारण सरुवा हुनु दुःखद भन्दै राजनीतिक हस्तक्षेपको विरोध गरेका छन् । उनीहरुले सडक विस्तारको काम जारी राख्नुपर्ने माग समेत गरिरहेका छन् । 
तर सडक विस्तारकै कारण केसीको सरुवा भएको हैन । प्रशासक केसीको यो नियमित सरुवा हो । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले केसीसहित ४ सचिव र १९ सहसचिवको सरुवा गरेको छ । मन्त्रीपरिषद बैठकले उनको बदलीमा शम्भु कोइरालालाई सचिवमा बढुवा गरी मध्यमाञ्चल क्षेत्रीय प्रशासक बनाएको छ । मन्त्रीपरिषदले केसीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरे झैं पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराललाई सूचना आयोगमा सरुवा गरेको छ ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कमल शाली घिमिरेलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कानून मन्त्रालय सचिव राजीव गौतमलाई मन्त्रीपरिषद कार्यालयमा सरुवा गरेको छ ।
यो सरुवाले सडक विस्तारमा कुनै असर नपर्ने डिभिजन सडक कार्यालय स्रोतको दावि छ । सडक ऐन संशोधन भएमात्रै विस्तारको काम पूर्ण रुपमा रोकिने स्रोतको भनाई छ । पछिल्लो समय सडक दिएको १५ दिनको थप समय र केही अदालती सुनुवाई सकिएसँगै यो काम अघि बढ्ने जनाईएको छ । मकवानपुरका राजनैतिक दल र उद्योग बाणिज्य संघको दौडधुपका कारण सडक विस्तारको काम केही समय केही ओझेलमा परेसंगै व्यवसायीमा पनि सडक विस्तार रोकिएको भन्ने चर्चा चल्न थालेको व्यवसायीहरु बताउँछन् । उनीहरु नियमित झैं व्यापार गरिरहेका छन् । मकवानपुर उद्योग बाणिज्य संघ पनि अहिले मनहरी महोत्सवको माहौलमा रमाईरहेको व्यवसायीहरुको बुझाई छ ।
केन्द्रीय तहमा कुनै सहमति जुटेर लिखित पत्रचार भए केही समय रोकिन सक्ने भएपनि यो दिर्घकालिन समाधान नहुने सडक कार्यालयमा काम गरेका एक पूर्व कर्मचारीले बताए । ‘अन्य जिल्लामा सडक विस्तारको काम भईरहने, मकवानपुरमा चाही रोकिने हुन्छ होला र?’–उनले भने । प्रशासकको सरुवाले काम गर्ने गति र शैलीमा फरक आएपनि सडक विस्तारको विषय नटुंगिने रहेछ भन्ने कुरा त बर्षौदेखि चर्चा रहेपनि अहिले भत्किएपछि हेटौँडाबासीले बुझ्नुपर्ने ति कर्मचारीको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार