३० असार, हेटौँडा । मकवानपुरको ठूलो गाउँपालिका बकैयाले शुक्रबार आफ्नो पहिलो नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै १९ बर्षपछि छतिवन गाउँपालिकाले आव ०७४/०७५ का लागि नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
गाउँपालिकाको पहिलो गाउँ सभामा उपप्रमुख सरला बोलखेले आगामी आवका लागि ४२ करोड ६९ लाख २७ हजार रुपैँयाको अनमानित बजेट प्रस्तुत गरिन् । बजेटमा भवन तथा सहकारी कार्यक्रमका लागि ३ करोड १५ लाख, आर्थिक विकास कार्यक्रममा १ करोड १० लाख ९१ लाख रुपैँया, सडक, पुल एवं झोलुङ्गे पुलका लागि ७ करोड ९० लाख, जलविद्युत एवं खानेपानीका लागि १ करोड ४० लाख, स्वास्थ्य कार्यक्रम संचालनका लागि १ करोड ८५ लाख १२ हजार, शिक्षाका लागि १२ करोड ६५ लाख ९९ हजार बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी, खानेपानी तथा सरसफाई कार्यक्रमका लागि १ करोड १० लाख, पर्यटन एवं संस्कृति प्रवद्र्धनका लागि ५० लाख, लैंगिक समानता एवं समावेशीकरण कार्यक्रममा ४० लाख, सिंचाईका लागि ४० लाख, सञ्चार कार्यक्रमका लागि १५ लाख, वातावरण तथा विपद व्यवस्थापनका लागि १ करोड ४१ लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासन प्रवद्र्धनतर्फ ५ करोड ९७ लाख २५ हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रमले दशकौंदेखि समस्याको रुपमा रहेको लालपूर्जाको समस्या समाधानलाई पहिलो प्राथमिकता दिएको छ । ३ बर्षभित्र गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने, वडाबाट गाउँपालिकाको केन्द्र जोड्ने सडक विस्तार गर्ने, नदिहरुको व्यवस्थापन, १५ शैयाको अस्पताल स्थापना जस्ता विषयलाई अघि बढाउने गाउँपालिका प्रमुख दामोदर खनालले बताए ।
८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...
८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...
८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...
७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...
७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...