Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

बुद्धिमानले ल्याउने भए अर्काे एल्बम

1-1482926939.jpg

१३ पुस, मनहरी । मकवानपुरे गायक तथा संकलन बुद्धिमान घिसिङ अर्का एल्बम सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छन् । उनले नयाँ एल्बमका लागि हालसालै ‘छोडी जाने निस्ठुरिलाई’ बोलको आधुनिक गीतको शब्द/संगीतमा गीत रेकर्ड गराएका छन् भने मकवानपुर मनहरीकै नवगायिका बिनिता लामाले गीतमा स्वर भरेकी छन् ।

गीतमा संगीत संयोजन बरिष्ठ संगीतकार बिनोद बाजुरालीले गरेका छन् । मालाश्री रेकर्डिङ  स्टुडियोमा यो गीत हालैमात्र रेकर्ड भएर भिडियो निर्माण भइरहेको घिसिङले जानकारी दिए । भिडियो छायांकन भइरहेको ‘छोडी जाने निष्ठुरीलाई’ बोलको गीतमा दुर्गा पौडेलले छाँयांकन गरेका छन् भने चर्चित मोडल गीता राई र  गायक घिसिङले नै मोडलिङ गरेका छन् । भिडियो निर्देशक बाबुराज केसी रहेका छन् । केही दिनमै दर्शकहरुमाझ गीत सार्वजनिक हुने छाँयाकंनमा ब्यस्त रहेका घिसिङले जानकारी दिए । यसअघि घिसिङले ‘छुट्टिमा घर आको’ एल्बममा सार्वजनिक गरेका थिए । सो एल्बममा घिसिङ र कुलेन्द्र बिक तथा बिष्णु माझीको स्वर रहेको थियो ।

त्यस्तै ‘घर छाडेर पर्या छ’ भन्ने एल्बममा भने एकनारायण भण्डराीको शब्द तथा रामजी खाँड र मुना थापाको आवाज समेटिएको थियो । उनको पछिल्लो ‘एल्बम चाहियो जागिर हुने’ र ‘आउने दशैँनी’ दुबै एल्बमको शब्द÷लय तथा स्वर घिसिङकै थियो । एल्बममा बिनु तामाङले आवाज भरेकी थिइन् । कृष्ण फिल्मस्मार्फत ती एल्बमहरु आएका थिए । यसपटक पनि कृष्ण फिल्मस्कै ब्यानरमा नयाँ एल्बमको काम भइरहेको घिसिङले बताए ।

(शिवकुमार काशीको सहयोगमा)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार