Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

ब्रिटिस गायक जेसनको प्रस्तुति हुने

jay-sean-6-1288102478-vie-1496669303.jpg

२२ जेठ, काठमाडौं । बेलायतका चर्चित अंग्रेजी गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएको छन्  । 
काठमाडौं दरबारमार्ग स्थित ‘डेजाभु’ क्लबमा आगामी १४ असार बेलुका ११ बजेबाट ‘जेसन साँझ’मा उनी डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीतका साथ प्रस्तुत हुनेछन् ।
‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन २००९ देखि सन २०१२सम्म चार वर्ष लगातार बेलायतमा पहिलो नम्बरका गायक रहे । उनले सन २००८, २००९ र २०११ गरी तीन पटकसम्म बेलायतकै उत्कृष्ट बिएमआई सङ साईटर अवार्ड जितेका हुन् । अमेरिकामा समेत दुई पटकसम्म उत्कृष्ट दश गायक भित्र पर्न सफल यिनै 
कलाकार जेसनलाई अब काठमाडौंमा प्रत्यक्ष सुन्न र 
देख्न पाईने भएको छ । युहान इन्टरनेशनल इभेन्टस्ले ‘ब्लाक रिलिजन’ सांगीतिक श्रृंखला अन्तर्गत पहिलो श्रृंखलामा जेसनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । युहान इन्टरनेशनल इभेन्टसका प्रबन्ध निर्देशक सानु खानले जेसनसँग सम्झौता सहित नेपाल आउनको लागि उनी र उनको समुहको हवाई जहाज टिकट समेत बुक गरिएको बताए । 
सामाजिक सञ्जाल फेशबुकमा ७० लाख र टिवटरमा ४० लाख भन्दा बढी फलोअर भएका जेसन सांगितिक कार्यक्रमका लागि आफ्नो डिजे र टिम सहित २७ जुनमा काठमाडौं आउने छन् । खानका अनुसार अमेरिकाको न्यूयोर्कमा बस्दै आएका उनी अमेरिकाबाट सोझै नेपाल आउन लागेका हुन । २८ जुन बेलुका कार्यक्रम सकेर उनी २९ जुनमा अमेरिका नै फर्कने छन् । 
जेसनले काठमाडौंको साँगीतिक साँझमा राईड इट..., मेक माई लभ..., स्टोलन..., डाउन डाउन..., आइ एम अल योर्स..., लाईक दिस लाईक द्याट..., डान्स विद यु..., स्टे...ह्वेर यु डु गो..सहित आफ्ना हिट डेढ दर्जन गीत गाउने छन् । 
नेपालका जेसनका प्रशंसकहरुको चाहना अनुसार उनको एकल कन्सर्ट राखिएको पनि युहान इन्टरनेशल इभेन्टसका प्रबन्ध निर्देशक खानले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार