Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

भलिबलमा ४ टिम विजयी

National-VolleyBall-Cop-1-1505568331.jpg

३१ भदौ, हेटौँडा । हेटौँडाको बस्तिपुरमा जारी केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शनिबार नेपाल आर्मी, पूर्वाञ्चल टिम, पश्चिमाञ्चल र आयोजक विजयी भएको छ ।
पहिलो खेलमा नेपाल आर्मीको टिम सोझो सेटमा विजयी भएको छ । बलियो प्रतिद्वन्द्वी मानिएको नेपाल पुलिस क्बललाई २५–१७, २५–१४ र २५–१५ को सेटमा पराजित गर्दै नेपाल आर्मीले सहज जित आत्मसात गरेको हो । दोस्रो खेलमा पूर्वाञ्चल विकास क्षेत्रको टिमले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको टिमलाई सोझो सेटमा पराजित गरेको छ । पूर्वाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–२१, २५–१६ र २५–१५ को सेटमा पराजित गरेको हो । तेस्र्रो खेलमा पश्चिमाञ्चल विकास क्षेत्रको टिम र शिपा पोखरे युवा सञ्जाल सिन्धुपाल्चोकबीच खेल भएको छ । खेलमा पश्चिमाञ्चलले सिपा पोखरेलेलाई पश्चिमञ्चलले २५–१३, २५–१५ र २५–१२ को सोझो सेटमा हराएको छ ।
शनिबार नै भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक टिमले पूर्वाञ्चल विकास क्षेत्रको टिमलाई सोझो सेटमै पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । आयोजक टिमले पूर्वाञ्चल विकास क्षेत्रको टिमलाई २५–२१, २५–२२ र ३२–३० को सेटमा पराजित गरेको हो । 
आइतबार क्वाटरफाइनल चरणका तीनवटा खेल हुने प्रतियोगिताका संयोजक राजेश भेटवालले जानकारी दिए । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र युवा तथा खेलकुद समन्वय समिति बस्तीपुरको संयुक्त आयोजनामा भएको खेलमा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पाउनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार