खेलकुद

भेट्रान्स कपको उपाधी सानो गौचरनलाई

FB-1509721991-1509804873.jpg

१८ कार्तिक, हेटौँडा । हेटौँडा भेट्रानको आयोजनामा हेटौँडा–७ नागस्वतिमा भएको एट ए साईट भेट्रान्स कप राष्ट्रिय फुटबल प्र्रतियोगिताको उपाधी सानो गौचरन भेट्रान्स काठमाण्डौंले हात पारेको छ । 
शनिबार भएको फाइनल प्रतिष्पर्धामा सानो गौचरनले जोरपाटी भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । पहिलो हाफमा बराबरी खेलेको जोरपाटीले लय गुमाउँदा सानो गौचरनका निमा लामाले दुई गोल गर्दै टिमलाई उपाधी दिलाए ।
शनिबारको खेलको म्यान अफ दि म्याच जोरपाटीका निमा लामा र म्यान अफ दि शिरिज सानो गौचरनका डिफेन्स राकेश श्रेष्ठ घोषित भए । अनुसाशित टोलीमा बगरभाई खलक ५० प्लस घोषित भयो । राष्ट्रिय र स्थानीय गरी ११ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद ६० हजार, उपविजेताले ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने म्यान अफ द सिरिजले नगद ५ हजार रुपैँया प्राप्त गरेका छन् । 
विजेता, उपविजेता, म्याद अफ द म्याच र म्यान अफ द सिरिज विजेतालाई एन्फा केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, हेटौँडा वडा नम्बर ७ का अध्यक्ष राजन थापा, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिना, हेटौँडा भेट्रान्सका अध्यक्ष दिपक बज्र्राचार्य लगायतका पुरस्कार प्रदान गरेका थिए ।


Tech1-1498491689.jpg
बकैया ६ मा लोकतान्त्रिक गठबन्धनको प्रचार कार्यालय
combine-flag-1511271126.jpg

 ५ मसिर, हेटौडा । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत क्षेत्र नम्बर १ कोबकैया गाउँपालिका...

जनगायक  खुसीराम पाख्रिनको मृत्यु
khusi-ram-pakhrin-1511268523.jpg

५ मंसिर,चितवन । चितवनमा भएको वाम गठबन्धनको चुनावीसभामा गीत गाउँदा गाउँदै ढलेका जनगायक तथा पूर्व सांसद खुसीराम...

महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेः काँग्रेस नेतृ उपाध्याय
dina-upadhaya-1511267823.jpg

 ५ मसिर, हेटौँडा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार...

लोकतान्त्रिकको फापरबारी परिचालन समिति ,हेटौँडा ९ मा अगुवा कार्यकर्ता भेला
combine-flag-1511267136.jpg

 ५ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रद्शसभा  क्षेत्र...

मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्नेः थापा
kamal-thapa5-mamsir-1511265007.jpg

५ मंसिर ,हेटौंडा ।  आसन्न निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार...

सर्वोच्च अदालतमा बम राखिएको हल्ला
Supreme_court_nepal-1511255113.gif

  ५ मंसिर, हेटौँडा । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि मंगलबारका लागि तोकिएका सबै इजलास रोकिएका छन् ।...

लोकतान्त्रिक गठबन्धनको लडाई लोकतन्त्रको रक्षाको लागिः थापा
kamal-thapa-htd6-1511245856.jpg

५ मंसिर,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम...

बस्तीपुर जेसीज हाँडीखोलाले जेसीज सप्ताह गर्ने
23847000_1463816007037038-1511191641.jpg

४ मंसिर, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष  २०१७ को जेसीज सप्ताह कार्यक्रम यही मंसिर ६ गतेबाट सरु हुने...

राज्यमन्त्रीलाई गुहार्दै मकवानपुरे सिंहदरबारमा
Singha-Barbar-1511189695.jpg

४ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक...

थप समाचार