Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

राष्ट्रिय भलिबलको उपाधी पुलिसलाई

VolleyBall-1505826947.jpg

३ असोज, हेटौँडा । हेटौँडामा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले हात पारेको छ । मंगलबार हेटौँडा–१९ बस्तिपुरमा भएको फाइनल प्रतिष्पर्धामा नेपाल आर्मीलाई सहजै पराजित गर्दै पुलिसले उपाधी हात पारेको हो । पुलिसले आर्मीलाई २५–२०, २५–१६ र २५–२० को सोझो सेटमा पराजित गरेको छ । 
तेस्रो स्थानका लागि आयोजक मकवानपुर र सशस्त्र प्रहरीको एपिएफ क्लवबीचको खेलमा एपिएफ सशस्त्र विजयी भएको छ । एपिएफले आयोजक मकवानपुरलाई २५–१५, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल ग¥यो । 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि पुलिसका कुलबहादुर थापा, उत्कृष्ट स्पाईकर आर्मीका कुलबहादुर भट्ट, लिफ्टर पुलिसका एमबहादुर राना, डिफेन्डर पुलिसका शम्सेर चन्द, व्लकर आमीका भैरव बम र कोच पुलिसका सरोज श्रेष्ठ घोषित भए ।
प्रतियोगितामा पहिलो टिमले नगद २ लाख, दोस्रोले नगद १ लाख, तेस्रोले ४० हजार र चौथोले नगद २५ हजार रुपैँया प्राप्त गरेका छन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैँया, उत्कृष्ट व्लकर, लिफ्टर, स्पाईकर, डिफेन्स र लिवेरोलाई जनही ५ हजार रुपैँया प्रदान गरिएको कार्यक्रम संयोजक राजेश भेटवालले जानकारी दिए । 
हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता एवं केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी पुरनबहादुर जोशी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा लगायतको सहभागिता रहेको थियो । 
भदौं २० गतेबाट भएको प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा भएको हो ।

फोटोः सरोज तिमल्सिना


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार