Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

लोकतान्त्रिक गठबन्धनको लडाई लोकतन्त्रको रक्षाको लागिः थापा

kamal-thapa-htd6-1511245856.jpg


५ मंसिर,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनको लडाई कोहीसंग नभई लोकतन्त्रको रक्षा र युवाहरुमा शिपमुलक रोजगारी सृजना गर्नका लागि भएको  बताएका छन ।

हेटौडा उपमहानगरपालीका वडा  नम्बर ५को शान्तिनगर र ६ को कुमाल्टार मा संयुक्त लोकतान्त्रिक गठबन्धन चुनाब प्रचारप्रसार समितिले आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै मन्त्री थापाले आङ्खनो ५ दशक लामो राजनितिक यात्रामा विकास आङ्खनो लागि पर्यावाची रहेको बताउदै देशमा धार्मिक,शैक्षिक र आर्थिक गतिविधिमा आघात पुगेकोले लोकतान्त्रिक गठबन्धनको आवश्य रहेको बताए । उनले  बामपन्थीहरुसंग लोकतान्त्रिक परिपाटि नभएको प्रति कटाक्षय गर्दै लोकतान्त्रिक परिपाटि नभएकाले कसरी देश,समाजको विकास र्गछन भन्ने प्रश्न चिन्ह खडा भएको उल्लेख गर्दै मकवानपुरको विकासमा आफुले  हारे पनि जिते प्रतिवद्ध रहेने  बताए ।  

त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार अशोक शाक्यले लोकतान्त्रिक गठबन्धनको जित नै जनताको जित हुने भन्दै अब मकवानपुरमा विकास गर्न र जिल्लामा बर्षौ देखि राज गर्ने कम्युनिष्टहरुको विकल्प खोज्न लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताए । साथै शाक्यले लोकतान्त्रिक गठबन्धनको जित विकासको लागि भन्दै मकवानपुरमा औद्योगिक,कलकारखानाको विकास हुन नसकेकोले जिल्लामा आर्थिक क्रान्ति आवश्यक रहेक र यो  विकासको र सिप,रोजगारीको लडाई भएको बताउदै आर्थिक क्रान्तिको लागि आफु सधै लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।  

 देब बहादुर राई र राजेश बानियाको सभाध्यक्षतामा भएको सभामा लोकतान्त्रिक गठबन्धको निर्वाचन परिचालन संयोजक विष्णु प्रसाद लामिछाने, क्षेत्र नम्बर १ का प्रचार प्रसार संयोजक माइकल रामचन्द्र अर्याल, नेपाली कांग्रेसका , राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंह, रामहरी न्यौपाने, मधु अधिकारी, नेपाली काँग्रेस क्षेत्रिय सभापती तारानाथ चौलागाइ ,नेपाली काग्रेस जिल्ला सदस्य इश्वरलाल श्रेष्ठ, राजिव सुवेदी ,राप्रपाका नगर सभापति गुरु प्रसाद सापकोटा, राप्रपाका क्षेत्रिय अध्यक्ष ध्रर्वसंजेल, वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई लगायतकाको  उपस्थिति रहेको थियो ।  साथै लोकतान्त्रिक गठबन्धनले उम्मेदवार सहित हेटौँडा ६ को कल्यानटार,पुतलीबजार सहित र हेटौँडा ५ र ४ नम्बर वडाका शान्तिनगर,हुप्राचौर, भैरवरोड  लगायतको स्थानमा र्‍याली सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

ashok-htd-5-1511245856.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार