Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

व्यवसायी सुमार्गी बेलायतको हाउस अफ लर्ड्समा सम्मानित

Sumagri-Awarded-1509532783.jpg

कात्तिक १५, काठमाडौं । चर्चित व्यवसायी अजेयराज सुमार्गी ‘गोल्डेन कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अवार्ड– २०१७' बाट सम्मानित भएका छन् ।

नेपालको निजी टेलिकम क्षेत्रका अग्रणी हस्ती सुमार्गीलाई बेलायतको वेस्ट मिनिस्टर पार्लियामेन्ट प्यालेसको हाउस अफ लर्ड्समा आयोजित विशेष समारोहकाबीच ब्यारोनेस सन्दीप बर्माले अवार्डसहित सम्मान गरेका हुन्। सांच फाउण्डेनको तत्वावधानमा आयोजित कार्यक्रममा सुमार्गीसहित युरोसिया क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा हिन्दूजा फाउण्डेसन युके, इन्स्टिच्युट अफ डिरेक्टर इण्डिया, रविन ग्रुप अफ कम्पनीका अध्यक्ष विजय कारिया, डा. निकोलस ग्रे, ग्रान्ज होटल ग्रुप लण्डनका प्रबन्ध निर्देशक डोनी म्याथ्यु, प्रसिद्ध चिकित्सक डाक्टर साउमित्र रावतलगायत छन् । यो सम्मान प्रतिष्ठित व्यवसायीसहित विशिष्ट व्यक्तित्वहरुलाई बर्सेनि प्रदान गर्ने गरिन्छ।

सम्मानित भएपछि बोल्दै व्यवसायी सुमार्गीले समाजमा गरिएको लगानीले समाज रुपान्तरणमा कत्तिको योगदान पुग्यो भन्ने कुरा महत्त्वपूर्ण हुने बताए। ‘समाजमा लगानी गरेर हामीले कति कमायौँ, त्यो महत्त्वपूर्ण कुरा होइन,’ उनले भने, ‘समाज रुपान्तरणका लागि हामीले के गर्न सक्यौँ त्यो महत्त्वपूर्ण कुरा हो।’ कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकरहरुले आफ्नो प्रस्तुति दिएका थिए। हाउस अफ लर्ड्सका तर्फबाट ब्यारोनेस बर्माले रात्रि भोजको आयोजनासमेत गरेका थिए।
साभार : थाहाखबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार