Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

सडक विस्तारको काम रोक्ने प्रयास असफल, हेटौंडा बन्दको घोषणा

20170117_111309-1484659163.jpg

४ माघ, हेटौंडा । हेटौंडामा सडक विस्तारको काम रोक्ने मंगलबार दिनभरको प्रयास असफल भएको छ । 

जिल्लाका राजनीतिक दल र मकवानपुर उद्योग बाणिज्य संघको टोलीले दिनभर दौडधुप गरे पनि सडक विस्तारको काम नरोकिने भएको हो । राजनीतिक दलको बैठकले मुअाव्जा र समय माग्ने अान्तरिक सहमति गरेर क्षेत्रीय प्रशासन कार्यालयमा छलफल गरेपनि निष्कर्ष निस्कन सकेन । त्यस्तै उद्योग बाणिज्य संघको टोलीले गृहमन्त्री विमलेन्द्र निधिलाई सिमरा पुगेर अाफ्नो मागबारे ध्यानाकर्षण गराएको थियो । राजधानीमा सक्रिय टिमबाट पनि सकारात्मक जवाफ अाएन ।

प्रशासन र सडक सडक विस्तारमा पछि नहट्ने बुझेपछि संघ संयोजक रहेको हेटौडा बसोबास  संरक्षण समितिले बुधबार हेटौंडा बन्दको घोषणा गरेको छ । समितिले २५ मीटर भित्र पर्ने निजी सम्पत्तिको मुआब्जा नदिई सडक कार्यालयले सडक विस्तार गर्न लागेकोमा विरोध जनाएको छ । सडक ऐन नबन्दै पूर्वपश्चिम राजमार्ग बन्नु अघि नै वि.स. २०११ साल देखि नै बसोबास गर्दै आएको  समितिको भनाई छ । 

डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय प्रशासन कार्यालयसँग मुआब्जाको विषयमा गरिएको छलफल विना निष्कर्ष टुंगिएकाले बजार बन्द गरी आन्दोलन गर्न थालेको हेटौडा बसोबास संरक्षण समितिले जनाएको छ । 
केही दिन अघिबाट सडक डिभिजन कार्यालयले २५ मीटर भित्र पर्ने सरकारी स्वामित्वका भौतिक संरचना भत्काई सकेको छ भने मंगलबारदेखि निजी घर तथा टहरा भत्काउन थालेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार