Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

'सांसद बानियाँ राज्यमन्त्री बन्ने पक्का'

Indra-Baniya-1470809542.jpg

२६ साउन, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सांसद इन्द्र बानियाँ राज्य मन्त्री हुने लगभग पक्कापक्की भएको एक दैनिकले खबर बनाएको छ । 

मकवानपुर क्षेत्र न.१ का निर्वाचित सांसद बानियाँलाई मन्त्री बनाउन पाटी सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको बलियो नेतृत्व गरेका खुमबहादुर खड्का लगाएत नेताहरू सकारात्मक भएपछि बानियाँ राज्य मन्त्री हुने भएको सेतीमादी दैनिकले खबर बनाएको हो । 'मकवानपुर जिल्ला देखि देश भरि नै लोकप्रिय रहेका बानियाँ कांग्रेस वृत्त भित्र राम्रो प्रभाव रहने नेताका रूपमा चिनिन्छन् ।'-दैनिकले समाचारमा उल्लेख गरेको छ । 

काँग्रेसको तर्फबाट बानियाँलाई मन्त्री बनाउन काँग्रेस जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, ४ जना क्षेत्रीय सभापति, निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, संविधानसभा क्षेत्र नम्बर २ का उम्मेदवार एवं जिल्ला सदस्य जयराम लामिछानेसहितको टोलीले नेताहरुलाई केही दिन अघि भेटघाट गरेका थिए । उनीहरुले सभापति शेरबहादुर देउवा र  बरिष्ठ नेता रामचन्द्र पौडेललाई मकवानपुरे काँग्रेसको सान बढाएको र लाल किल्लाको रुपमा चिनिने मकवानपुरमा खाता खोलेको भन्दै बानियाँलाई मन्त्री बनाउन आग्रह गरेका थिए ।

बानियाँलाई मन्त्री बनाउनुपर्छ भन्नेमा जिल्ला तह मात्रै नभई यसअघि मन्त्री भईसकेका केन्द्रिय नेताहरु समेत लागि परेकाले उहाँको सम्भावना राम्रो रहेको बानियाँ निकट मानिने क्षेत्रीय सभापति दामोदर खनालले बताए । तर आकांक्षी हुँदा रहेकाले सभापति देउवालाई मन्त्री चयन गर्न हम्मे हम्मे परेकाले बानियाँ राज्य मन्त्री बन्ने निश्चित भई नसकेको स्रोतको दावि छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार