Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

साम्यवादीहरुले विपि र जिपिको सपना पुरा गर्छु भन्नु हास्यास्पदः थापा 

2-mansir-kamal-thapa-1510979660.jpg

२ मंसिर, हेटौडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष कमल थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विश्वेश्वरप्रसाद र गिरिजा प्रसाद कोइरालाको सपना पुरा गर्न एमालेसँग मिलेर चुनाव लडेको भन्नु हास्यास्पद भएको बताउँनुभयो ।

थापाले लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानका क्रममा हेटौँडा ५ मा आयोजीत कोण सभालाई सम्बोधन गर्दै साम्यवादीहरुले लोकतन्त्रबादीहरुको सपना पुरा गर्छु भन्नु सरासर झुठ भएको दावी गरे । उनले मकवानपुरे जनताको विकासको चाहाना लोकतन्त्रवादीहरुले मात्र गर्न सक्छ भन्ने कुरा पुष्टि भैसकेको बताए । थापाले विगतमा कम्युनिष्टहरुले जित्दा र लोकतन्त्रवादीहरुले जित्दा भएको विकासको गतिविधिलाई मतदाताले मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।

सभामा बोल्दै प्रतिनिधि सभा १ को प्रदेश सभा १ का उम्मेदवार अशोक शाक्यले लोकतान्त्रिक गठबन्धनको विजयले जनाताका बर्षौ देखिका अधुरा सपना पुरा हुने प्रतिवद्धता व्यक्त गरे । उनले जिल्लामा बर्षौ देखि राज गर्ने कम्युनिष्टहरुको विकल्प खोज्ने बेला आएको बताउँदै मतदातालाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा मत दिन आग्रह समेत गरे । संयुक्त प्रचार प्रसार संयोजक  यमबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कोण सभामा लोकतान्त्रिक गठबन्धको निर्वाचन परिचालन संयोजक विष्णु प्रसाद लामिछाने, क्षेत्र नम्बर १ का प्रचार प्रसार संयोजक माइकल रामचन्द्र अर्याल, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार पवित्रा विक, राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंह, रामहरी न्यौपाने, मधु अधिकारी, राप्रपाका नगर सभापति गुरु प्रसाद सापकोटा लगाएतको उपस्थिति रहेको थियो । कोण सभापछि उम्मेदवार थापा र शाक्यको नेतृत्वमा हेटौँडा ५ सिंचाइटोल, सानोपोखरा, राईटोल लगाएतका क्षेत्रमा घरदैलो समेत गरेको छ ।

mat-magdai-ghatbandan-2-m-1510979660.jpg

लोकतान्त्रिक गठबन्धन पक्षमा मतम माग्दै उम्मेदवार द्धय थापा र शाक्य


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

थप समाचार