Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

सिस्नेरीमा विकास सम्बन्धी सार्वजनिक सुनुवाइ

20161111_124817-1478875728.jpg

२६ कार्तिक, हेटौंडा । जिविस मकवानपुरको अायोजना एवम् नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा सिस्नेरीमा शुक्रबार सार्वजनिक सुनुवाइ भएको छ ।

सिस्नेरी र ईपापञ्चकन्या गाविसमा अाव ०७२/०७३ मा सम्पन्न र अाव०७३/७४ मा प्रस्तावित विकास कार्यक्रम बारे सार्वजनिक सुनुवाइ गरेको हो । कार्यक्रममा जिविस मकवानपुर योजना शाखा र दुबै गाविस कार्यालयका प्रदाधिकारीले दुई गाविसका योजनाबारे जानकारी दिएका थिए ।

कार्यक्रममा स्थानीयले ईपा-कोगटे सडक,  ईपा-बुढिचौर सडक, मदनभण्डारी सडक र रामचन्द्र भञ्ज्याङ सडक सुधार, विभिन्न खानेपानी योजना, सिंचाइ, विद्यालय भवन, विद्युत रोयल्टी लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासालाई विषयगत कार्यालयको तर्फबाट जिविसका योजना अधिकृत किसान न्यौपाने, जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराई, पशु सेवा कार्यालयका प्राविधिक जनार्दन पौडेल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मकवानपुरका प्राविधिक सञ्जिव ठाकुर लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरि पन्तले सेवाग्राही कार्यालय अपेक्षित रूपमा अझै सेवाग्राही मैत्री हुन नसकेको भन्दै यसलाई व्यवस्थित गर्ने तर्फ लाग्नु पर्नेमा जोड दिए । उनले उतरी क्षेत्रको ५ गाविसलाई लक्ष्यित गरि एकीकृत घुम्ति शिविरको पहल गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव अानन्द कठायत, एमाले जिल्ला  सचिव मिना लामा, राप्रपा क्षेत्रीय अध्यक्ष सिताराम वर्तौला, नयाँ शक्ति नेपालका जीवन मोक्तान, नेकपाका विनोद रिजाल, क्रान्तिकारी माअोवादीका रामचन्द्र नेपाली, जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारू मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी स्थानीय उपभोक्ता समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि र स्थानीयले सिस्नेरीमा पहिलो पटक सार्वजनिक सुनुवाइ भएको भन्दै अागामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने धारणा राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार