Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

४० बर्षमाथिको फुटवल प्रतियोगिता हुने

1-pressmeet-1472995609.jpg

१९ भदौ, हेटौँडा । हेटौँडामा कार्तिक २ देखि ६ गतेसम्म ४० बर्षमाथि खेलाडिबीच फुटबल प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा ४० बर्षमाथिका खेलाडिबीच ‘राष्ट्रिय रोटरी कप एट ए साईड फुटवल प्रतियोगिता’ हुने भएको हो । 
प्रतियोगितामा पोखरा, धरान, काठमाण्डौं, चन्द्रनिगाहपुर, सिमरा, कैलाली, आयोजक र स्थानीय लगायत १६ टिमको सहभागिता रहने क्लवका अध्यक्ष ज्योतिरत्न बज्राचार्यले बताए । आइतबार गरेको पत्रकार सम्मेलनमा ‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ भुटनदेवी उच्च माविको खेल मैदानमा एट ए साईड फुटवल प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको बज्राचार्यले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले शिल्डसहित नगर ४० हजार १ र दोस्रो टिमले २० हजार रुपैँया प्राप्त गर्नेछन् । नक आउटका आधारमा हुने प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने छ भने म्यान अफ दि सिरिज, हाई स्कोरर, उत्कृष्ट गोलरक्षक समेत घोषणा गरिने जनाईएको छ । 
टिम दर्ताका लागि ५ हजार रुपैँया शुल्क राखिएको छ । प्रतियोगिताको पहिलो संस्करणको उपाधी चितवनले हात पारेको थियो । उद्घाटनका दिन रोटरी र रोट्रयाक्ट क्लवबीच मैत्रिपूर्ण प्रतियोगिता समेत हुने जनाईएको छ । पत्रकार सम्मेलनमा क्लवका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, सचिव कविन सांगामी, कार्यक्रम संयोजक शरद कर्माचार्य लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार