Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन

595187776_398401971518004-1765288045.jpg

२३ मंसिर,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा जारी लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन गरिएको छ । प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नाराका साथ सुरु भएको अभियानको मंगबार समापन गरिएको हो । 
कैलाश ९ मा अवस्थित कालिका माविबाट सुरु भएको अभियान कैलाश ६ व्यास माविमा पुगी समापन गरिएको महिला बालबालिका तथा जेष्टनागरिक शाखा प्रमुख रमिला सापकोटाले बताईन् ।  कक्षा ८ देखी कक्षा १२ सम्मका विद्यार्थी लक्षित अभियानमा करिब पाँच सय विद्यार्थीको प्रत्यक्ष संलग्न गराइएको सापकोटाले बताइन् ।  
सोमबार वडा २ मा रहेको कमलादेवी माविका अध्यक्ष चन्द्र सारुमगरको अध्यक्षता तथा सामाजिक विकास समितिका संयोजक एंव वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङको प्रमुख आतिथ्यता अभियान सञ्चालन गरिएको थियो । कार्यक्रममा अध्यक्ष घिसिङले शिक्षा भनेको तेस्रो आँखा हुन्, शिक्षा बिना केही पनि गर्न नसक्ने बताए । बाल विवाहले विकराल रुप लिदैँ गइरहेको अवस्थामा बालबालिकालाई बालविवाह कानुनी अपराध हो भनेर बुझ्नुपर्ने बताए । 
उनले बालविवाह मात्र नभई हाम्रो समाजमा प्रविधिको दुरुपयोगले हिंसाको घटना पनि बढिरहेको अवस्था रहेका बताए ।सामाजिक सञ्जाल दुरुपयोगले विभिन्न हिंसाको शिकार बालबालिका रहिरहेकाले बालबालिका त्यसतर्फ सजग बन्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रमुख रमिला सापकोटा, विद्यालयका राम यकवाल यादव, प्रशिक्षक आशिष दुलाल, विद्यालयका शिक्षकहरुको आतिथ्यता रहेको थियो । 
सोमबारै कैलाश ६ मा अवस्थित व्यास माविका विद्यार्थीहरुको सहभागितामा अभियान सञ्चालन गरि कार्यक्रमको समापन गरिएको हो । उक्त विद्यालयमा विद्यालयका सहायक प्रअ प्रकाश परियार, शिक्षक प्रेमबहादुर नेगी लगायतको आतिथ्यता रहेको थियो । यस अघि कैलाश १० मा रहेको रत्नज्योति मावि, कैलाश ३ को भवानी मावि र कैलाश ८ को धुवाङ माविका विद्यार्थीहरुलाई प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल भावका साथ कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख सापकोटाले बताईन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार