Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा पहिलो पटक शैक्षिक प्रदर्शनीको आयोजना

594334510_117527698806089-1765368761.jpg

२४ मंसिर, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रमको आयोजनागरिएको छ । बुधबार कैलाश गाउँपालिका ३ कालिकाटार स्थित भवानी माध्यामिक विद्यालयमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको हो ।

गाउँपालिकाको आयोजनामा भएको प्रदर्शनीमा पालिकामा रहेका ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । वडा ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजाको अध्यक्षता रहेको कार्यक्रममा  गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले विद्यार्थीहरुको सिकाई प्रदर्शनीले विद्यार्थीमा नयाँ सिकाई र ज्ञान बढ्ने बताए । विद्यार्थीले तयार पारेका  सामाग्रीहरुमा पुराना परम्परागत सामान, हस्तकलाका सामान, मेशिन औजार, विज्ञानका विभिन्न जानकारी मूलक सामाग्रीले एक आपसमा  सिकाइ र अनुभव साटासाट हुने बताए । 
प्रदर्शनीमा सरस्वती आधारभूत विद्यालय कैलाश २ प्रथम भएको छ भने कालिका मावि कैलाश ९ द्धितीय र कमलादेवी मावि कैलाश २ तृतीय भएको छ । पुरस्कृत भएका विद्यालयले नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 
आधारभूत तह कक्षा १ देखी ८० र माध्यामिक तह सञ्चालित विद्यालयहरुका विद्यार्थीको अन्र्तनिहित क्षमता तथा प्रतिभा पहिचान तथा सिकाइ आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख समीर जोशीले बताएका छन् । प्रदर्शनीमा विद्यार्थीले तयार गरेका सामाग्रीहरुको मुल्यांकनको आधारमा उत्कृष्ट छनौट गरि पुरस्कृत गरिएको थियो । 
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारी, मुल्यांकनकर्ता सहायक कम्प्युटर अधिकृत लक्ष्मण खतिवडा, ईन्जिनियर अनिलप्रसाद जोशी, भवानी माविका प्रअ बालचन्द्र मल्ल ठकुरी, स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार