८ पुस,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० गोपीराङमा दश घरमा शौचालय निर्माण हुने भएको छ । तामाङ र सीमान्तकृत चेपाङ समूदायको बसोबास रहेको उक्त ठाउँमा शौचालय निर्माणका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त आवश्यक सामाग्री हस्तान्तरण गरेका हुन् । लाभग्राहीलाई शौचालय प्यान हस्तान्तरण गर्दै अध्यक्ष मुक्तानले समय सीमाभित्र निर्माण गर्न आग्रह गरेका छन् । खाल्डो खनी सक्नुभएको छ, अब तोकिएको सयम भित्र निर्माण सम्पन्न गर्नुस् उनले भने । राज्यले एक घर एक धाराको अवधारणा ल्याएसँगै उक्त अवधारणाको सूचकमा शौचालय र सरसफाई रहने अध्यक्ष मुक्तानले बताए ।
जथाभावी दिशा पिसाबले विभिन्न रोग, पानीजन्य रोगहरु लाग्ने भएकाले शौचालयमै दिशापिसाब गरिनुपर्ने सुझाए । संस्थाको आफ्नो नियम रहन्छ, समय सीमाभित्रै शौचालय निर्माण गर्नुस्, उनले भने । गाउँपालिकाले छिट्टै सुरक्षित खानेपानीको लागि काम गर्नेछ । घर सँगै चर्पी निर्माण गर्नुपर्ने दायित्व तपाईकै हो किन निर्माण गर्नु भएन । अब सधैं झाडी, खोल्सा खोला किनारको भर पर्नु हुन्न, उहाँहरुले लगानी गरेर दिनु भएको निर्माण सामाग्रीको सदुपयोग गरि हाम्रो लागि हो यो भनेर समयमै काम सक्न निर्देशन दिए ।
कार्यक्रममा वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोनले सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । शौचालय निर्माण पछि बालबालिका र वयोवृद्धलाई सहजता रहने उनले बताए । ३५÷३६ घरधुरी छ, पहिलो चरणमा १० घरलाई शौचालय निर्माण गरिने, समयमै निर्माण सके दोस्रो चरणमा १० घरलाई शौचालय निर्माण समाग्री वितरण गरिने वडाध्यक्ष ब्लोनले बताए ।
बाल विकास कार्यक्रम नेपालले पहिलो चरणमा १० घरधुरीलाई शौचालय निर्माणको लागि आवश्यक पर्ने सम्पूर्ण निर्माण सामाग्री सहयोग गरेको हो । यस अघि कैलाश ३ खिर्कीमा २० घरधुरीलाई आवश्यक सामाग्री हस्तान्तरण गरि निर्माण कार्य भइरहेको छ । संस्थाले गाउँपालिकाभित्र शिक्षा र स्वास्थ्यसँग विभिन्न काम गर्दै आइरहेको छ । हस्तान्तरण कार्यक्रममा बाल विकास कार्यक्रम नेपाल कार्यक्रम संयोजक कमल अर्याल, हरिबहादुर भण्डारी, सावित्री लामा, रामलाल स्याङ्बो लगायतको उपस्थिती रहेको थियो । संस्थाको निमय र लाभग्राहीसँगको सम्झौता अनुरुप सामाग्री हस्तान्तरण गरेको २५ दिन भित्र निर्माण सम्पन्न गर्नुपर्ने जनाइएको छ । शौचालय निर्माणका लागि सिमेन्ट, रड, प्यान, जस्तापाता, बालुवालगायत अन्य सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













