Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको बजेट प्रस्तुत गरेको छ । बुधबार बसेको १८ औं गाउँसभाले उक्त बजेट र नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।
गाउँसभाका अध्यक्ष लोकबहादुर मुक्तानको  सभाध्यक्षतामा भएको सभामा अध्यक्ष मुक्तानले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले महिला बालबालिका, जेष्ठनागरिक, युवा लक्षित विभिन्न कार्यक्रम गरिनुका साथै चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ । स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा विकास र विस्तार गरिनुका साथै असल अभ्यासका कार्यक्रमहरुलाई आगामी वर्ष पनि गरिने जनाइएको छ । 
नीति कार्यक्रममा एक घर एक धारा, पूर्ण सरसफाइ उन्मुख पालिका घोषणाका लागि आवश्यक कार्य गरिने बताए । कृषि क्षेत्रमा रैथाने बाली खेतीको संरक्षण र विस्तार गरिने, बाँझो जमीन नराखौं, उत्पादन बढाऔँ भन्ने हेतका साथ कृषिलाई आधुनिक र व्यवसायिक बनाउने बताए । 
अध्यक्ष मुक्तानले स्वास्थ्यतर्फ वीपी स्मृती कैलाश आधारभूत अस्पतालमा चिकित्सक तथा आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्थापन गरि आकस्मिक स्वास्थ्य सेवा गरिने बताए ।  कैलाश बन्दैछ, बाआमालाई सञ्चै छ अभियान सञ्चालनलाई निरन्तरता रहने बताउँदै जिरो होम डेलिभरी  नीति कार्यान्वयनका लागि आवश्यक कार्यक्रम गरिने बताए । सुशासन, पारदर्शिता र वित्तीय अनुशासन सुदृढ गर्दै बक्यौता, पेश्की तथा बेरुजु फछर्यौटलाई प्राथमिकता दिई शुन्य बेरुजुतर्फ उन्मुखतर्फ गाउँपालिका जाने नीति लिएको बताए । 

सभामा उपाध्यक्ष बालकुमार मल्लले ५५ करोड ८४ लाख ६९ हजार बजेट प्रस्तुत गरेका हुन् । उनले बजेटमा आयतर्फ संघको वित्तीय समानीकरणमा रु.९ करोड ८९ लाख, शर्सतमा १९ करोड २५ लाख, राजश्व बाँडफाँटमा १० करोड ३ लाख ९१ हजार, समपूरक अनुदानमा २ करोड ५९ लाख, विशेष अनुदानमा एक करोड गरी ४२ करोड ७६ लाख ९१ हजार रहेको छ भने  प्रदेशतर्फ  वित्तीय समानीकरणमा रु. ८१ लाख ९८ हजार, शर्सतमा एक करोड ३२ लाख ७९ हजार, राजश्व बाँडफाँटमा ३ करोड ८२ लाख ४४ हजार ९१०, समपूरक अनुदानमा २ करोड ८० लाख, विशेष अनुदानमा ७० लाख गरी ९ करोड ४७ लाख २१ हजार ९१० रुपैयाँ रहेको प्रस्तुत गरेका छन् ।  गाउँपालिकातर्फ भने विभिन्न शीर्षकमा ३ करोड ६० लाख ५६ हजार ९० रुपैयाँ आय हुने अनुमान गरिएको छ । 
त्यस्तै, व्यवतर्फ आर्थिक विकासतर्फ २ करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धिततर्फ ७५ लाख ५४ हजार, पूर्वाधारतर्फ  १५ करोड ७० लाख, सामाजिक विकास तर्फ २४ करोड ८९ लाख १५ हजार, वातावरण तथा विपद्तर्फ ४३ लाख र गाउँपालिका प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपैयाँ रहेको छ । सभामा आव २०८३/०८४ को नीति तथा कार्यक्रम,  आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक,२०८३, र बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित समेत भएको छ । 

१० चेली सम्मानित 
गाउँपालिकाले १८ औँ गाउँसभामा १० जना चेलीलाई नगद सहित सम्मान गरेको छ । सम्मानित हुनेमा वडा २ को मुना चेपाङ, वडा ४ को शान्तिमाया मुक्तान, वडा ६ का सावित्री अधिकारी, वडा ९ का संगीता गलान, आरती उप्रेती, सविना बर्तौला र अनिषा थापा, वडा १० का फूलमाया गोले, सुनिता स्याङ्तान र विनिता स्याङ्तान रहेका छन् ।
गाउँपालिकाले नीति तथा कार्यक्रममै राखेर कक्षा १२ उर्तीण गरि २० वर्ष पुरा भई विवाह गर्ने चेलीहरुलाई गाउँसभामा प्रोत्साहन स्वरुप सम्मान गर्ने गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले बताए । 
नीति तथा कार्यक्रममा बालविवाहका कारण किशोरीहरूको शिक्षा, स्वास्थ्य तथा भविष्यमा नकारात्मक असर पर्ने भएकाले यसको न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतना पुग्ने हिसाबले नीति तथा कार्यक्रममा समेट्दै चेलीहरुलाई सम्मान गरिएको उनले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार