Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

अथकित नर्स

Nurse-1515666422.jpg

File Photo

यि कहिल्यै नथाक्ने नर्सहरुको आन्दोलनलाई सहयोग गरौं !

एप्रोन लगाएपछि 
म थकान बिर्सन्छु
दुखाइ बिर्सन्छु
म आफैँलाई बिर्सन्छु 
र सम्झन्छु बिरामी आत्माहरू ।

मेरा अनिदा आँखाहरू
अोखतीका नामहरूमा हुन्छन्
हातका अौँलाहरू
मलमपट्टीहरूमा हुन्छन्
मेरा अोठहरू सहानुभूतिमा हुन्छन् ।

म कहिल्यै भागेको छैन
जिम्मेवारीहरूबाट 
किनकि
मलाई स्पात बनाएको छ
अनेकन गालीहरूले
रूवा बनाएको छ
प्रेमिल घाउहरूले
म झन् झन् 
आत्मविश्वासी भएको छु 
म आफ्नो कामलाई प्रेम गर्छु
म कर्मथलोलाई विश्वविद्यालय सम्झन्छु ।

केही घिन लाग्दा व्यवहारहरू
मेरो इमानदारितासँग 
पराजित भएका छन् ।

पसिनाको अवमूल्यन गर्नेहरू
मेरो पसिनाको शक्ति देखेर
शक्तिहीन भएका छन्
मस्तिष्कहीन भएका छन्
दिलहीन भएका छन् ।

म कामलाई माया गर्ने मान्छे हुँ
जब एप्रोन हुन्छ मेरो शरीरमा
देशकै उपचार गर्ने हिम्मत पलाएर आउँछ
मनभरि
मस्तिष्कभरि ।

- उत्सव चौलागाई


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार