१४ मंसिर, हेटौँडा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा अधिनायकवादी सत्ता ल्याउने कम्युनिष्टहरुको सपना पुरा नहुने दावि गरेका छन् । उत्तरी मकवानपुरका पालुङमा संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले बाम गठबन्धनको नाममा कम्युनिष्टहरुले अधिनायकवादी एकतन्त्रीय शासन लागु गर्न खोजेको भन्दै उनीहरुको सपना जनताले पुरा हुन नदिने बताए । उनले नेपाली कांग्रेस २००७ सालदेखि हरेक खालका तानाशाही प्रवृत्ति विरुद्ध नेतृत्व गरेको भन्दै अहिले बाम गठबन्धनले ल्याउन खोजेको अधिनायकवादी व्यवस्थालाई जनताको साथबाट परास्त गर्ने बताए । उनले अहिलेको संविधान समावेशी संविधान भएको भन्दै बाम गठबन्धनले जिते संविधान उल्टाउने समेत जिकिर गरे ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले अहिलेको अधिनायकवाद विरुद्ध लोकतान्त्रिक गठबन्धन बनेको भन्दै देश विकासका लागि यो गठबन्धनको जित आवश्यक रहेको बताए । उनले लोकतान्त्रिक गठबन्धनले आगामी ५ बर्षभित्रमा नेपालको गरिवी, शोषण र विभेद अन्त्यका लागि काम गर्ने समेत दावि गरे ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँड, मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी डिना उपाध्याय, प्रदेश २ का उम्मेदवार पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ, प्रदेश १ का उम्मेदवार यतिराज सापकोटा, उद्योगपति विनोद चौधरी लगायतले समग्र देशको विकासका लागि लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदाताहरु आकर्षित भईरहेको बताएका थिए । कार्यक्रमस्थल वरपर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा रहेको थियो ।
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१२ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...