राजनीति

अनियमितताको आशंका गर्दै सरकारको धारणा माग

Pradesh-Sachwalaya-1526485969.jpg

२ जेठ, हेटौंडा । ३ नम्बर प्रदेशको सार्वजनिक लेखा समितिले सरकारले भैपरी आउने र विविध खर्च शीर्षकमा ठूलो रकम विनियोजन गरेको भन्दै अनियमितताको आशंका गरेको छ ।

समितिको बुधबार बसेको बैठकमा चालू अावका लागि प्रस्तुत अाय व्यय विवरणमा भैपरी आउने र विविध खर्च शीर्षकमा ठूलो रकम विनियोजन गरेकोमा अनियमितताको आशंका गरेको हो । समिति सभापति न्हुच्छे नारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सरकारको यसबारे धारणा माग्ने निर्णय गरेको छ । बैठकले प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई जेठ ४ गते समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको सभापति श्रेष्ठले बताए । चालु आर्थिक लागि सरकारले ल्याएको आय/व्ययको अनुमानित विवरणमा भैपरी खर्च शीर्षकमा चालुतर्फ ३० करोड र पूँजीगततर्फ ३३ करोड ६० लाख विनियोजन गरेको छ । त्यस्तै बिबिध खर्च शीर्षकमा ६५ लाख विनियोजन गरेको थियो ।

समिति बैठकमा सदस्यहरूले कार्यकर्तालाई आर्थिक सहायता र चन्दाको नाममा रकम खर्च हुन सक्ने भन्दै सरकारको धारणा माग गरेको हो ।  
यस्तै, समितिको बार्षिक कार्यक्रम तथा बजेट खाका तयार गर्न रमेश पौड्यालको संयोजकत्वमा जीवन डंगोल, बेलीमाया घले, मुनु सिग्देल र रत्न ढकाल रहेको उपसमिति गठन गरेको छ ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
मकवानपुरको क्रसरमाथि प्रहरीको एक्सन, क्रसर र फिरफिरे बन्द
20180520_215049-1526833707.jpg

सुनिल शिवाकोटी  ६ जेठ, हेटौंडा । र्भखरै मकवानपुर सरुवा भएर आएका प्रहरी उपरिक्षक –एसपी लोकेन्द्र श्रेष्ठ र...

अवैध चल्ला र मदिरा नियन्त्रणमा 
challa-1526826438.jpg

६ जेठ, हेटौँडा ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध चल्ला र मदिरा नियन्त्रणमा  लिएको छ ।  बिशेष सुचनाको...

टिष्टुङमा ७ दिने डकर्मी तालिम शुरु
Talim1-1526821907.jpg

६ जेठ, हेटौँडा । भुकम्प पुर्ननिर्माण जिल्ला कार्यान्वयन ईकाई मकवानपुरको आयोजनामा आइतबारदेखि थाहा नगरपालिकाको...

खाद्यद्वारा ४ सय ७२ नमूना संकलन
Khadya-1526821785.jpg

६ जेठ, हेटौँडा । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले १० महिनामा ४ सय ७२ वटा खाद्य नमूना...

मूख्यमन्त्री पौडेलसहित ४ जना केन्द्रीय सदस्य
Dormani-Paudel-1526813159.jpg

६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलसहित मकवानपुरका ४ जना एमाले नेता नेपाल कम्युनिष्ट...

हेटौँडामा बिपुल क्षेत्रीको सांगितिक प्रस्तुति हुने
Fem-1526811186.jpg

६ जेठ, हेटौँडा । सिक्किमका गायक विपुल क्षेत्रीको हेटौँडामा सांगितिक प्रस्तुति हुने भएको छ । आइतबार हेटौँडामा...

एफए कपको उपाधि चेल्सीलाई
GettyImages-960167664_152-1526785479.jpg

६ जेठ,हेटौंडा । एफए कपको  उपाधि चेल्सीले जितेको छ। शनिबार राति वेम्बलीमा फाइनल खेलमा म्यान्चेष्टर...

कांग्रेस सभापति भेला हेटौँडामा हुने
index-1526774382.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला असारमा हुने भएको छ । कांग्रेस...

नीतिगत भ्रष्टाचार रोक्नु आवश्यक
Lekha-Samiti-1526735651.JPG

५ जेठ, हेटौँडा । शासन प्रणालीमा रहेको नीतिगत भ्रष्टाचार रोक्न सकेमात्रै देशमा रहेको भ्रष्टाचार रोक्न सकिने आज...

थप समाचार