Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

अबैध रुपमा संचालित रियल युनिक ईन्स्टिच्युट बन्द,  संचालक  प्रक्राउ

D-Police-1506340151-1531061280.JPG

२४ असार , हेटौँडा ।  हेटौँडा ४ स्कुल रोडमा अबैध रुपमा संचालित रियल युनिक कम्पुटर ईन्स्टिच्युट  बन्द गर्नुका साथै संचालकलाई प्रक्राउ गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले  असार १४ गते  ७ दिन भित्र हेटौँडामा अबैध रुपमा संचालित शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रलाई प्रकृया पुरा गरी संचालन गर्न पत्रचार गरे पनि  हेटौँडा संचालित शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरु दर्ता प्रक्रियामा नगएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडा  सानोपोखराबाट खटि गएको प्रहरी र अनुगमन टोलीले  आईतबार हेटौँडा बजार बिना अनुमती संचालित शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरुको अनुगमन  गरेको थियो  । 
अनुगमनका क्रममा मकवानपुरबाट सार्वजनिक सुचना समेत जारी भएको अवस्थामा नेपाल सरकारको निति नियम तथा सुचना समेतलाई अबज्ञा गरी कारोवार सन्चालन गरेको अवस्थामा टोलीले मकवानपुर हेटौँडा  ४ स्कुल रोडमा संचालित रियल युनिक कम्पुटर ईन्स्टिच्युटका संचालकलाई प्रक्राउ गर्नुका साथै ईन्स्टिच्युट बन्द गराएको प्रहरीले जनाएको छ ।
अनुगमनका क्रममा हेटौँडा  ४ स्कुल रोडमा संचालित  ईन्स्टिच्युटले नाम मात्र राखि कारोवार खोली अनुमति नलिईकन ब्रिलियन्ट एजुकेशन एण्ड सर्सेज प्रा.लि.को शाखा भनि प्रमाणपत्र देखाई बिभिन्न ब्यक्तीहरुलाई  आएल्स तथा टोफेल जस्ता भाषा शिक्षा प्रशिक्षण गर्नुका साथै बिभिन्न ब्यक्तिहरुको पासपोर्ट लिई कार्यालयमा राखी बिभिन्न राष्ट्रमा पढ्न पठाउन शैक्षीक परामर्स दिने गरेको पाईएकोले  रियल युनिक कम्प्युटर ईन्स्टीच्युटका सन्चालकलाई नियन्त्रणमा लिईएको र ईन्स्टीच्युट बन्द गरिएकोे मकवानपुर प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए । 
सिंहका अनुसार हेटौंडा ४ स्कुल रोडमा संचालित रियल युनिक कम्प्युटर एण्ड ल्याङ्ग्वेज इन्स्टिच्युटले २०७१ सालमा काठमाडौंको ब्रिलिएन्ट एजुकेशनलाई दिएको स्वीकृतिबाट यहाँ रियल युनिक संचालन गरेको पाइएकोले संचालकलाई पक्राउ गरेको बताए । उनले इन्स्टिच्युटबाट ४ वटा पासपोर्ट पनि बरामद गरिएको जनाकारी दिए ।

यता प्रकृया पुरा नगरेका अन्य केही कन्सल्टेन्सी संंचालकहरु भने अनुगमन भएको थाहा पाएपछि  कन्सल्टेन्सी  बन्द गरेर फरार अनुगमन टोलीमा रहेका वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए । 
श्रेष्ठले आईतबार  आधा र्दजन भन्दा  बढी कन्सल्टेन्सीहरुको अनुगमन गरिएको र  यस्ता खाले प्रकृया पुरा नगरी संचालन रहेका शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरुलाई निगरानी गरिने र अनुगमनलाई निरन्तरता दिने  बताए ।
विना स्विकृति संचालित शैक्षिक परामर्शको बिषयमा निरन्तर प्रस्ट खबरको टिमले खबरदारी गर्दै  फलोअप गरेको थियो ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

थप समाचार