Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

आँचलले साहित्यकार र पत्रकारलाई सम्मान गर्ने 

Kaushal-Sir-1546872582.jpg

२३ पुस, हेटौँडा । मकवानपुरे महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले यसवर्ष दुई जना साहित्यकार र एक जना पत्रकारलाई सम्मान गर्ने भएको छ ।
आँचलको वार्षिकोत्सव तथा तेस्रो अधिवेशनको अवसरमा साहित्य र पत्रकारिता मार्फत् समाजमा योगदान पुर्याउनेलाई सम्मान गर्ने निर्णय भएको संस्थाकी सचिव अनिता न्यौपानेले जानकारी दिइन् । यही पुस २८ गते हुने कार्यक्रममा साहित्यकार रुकु कार्की, बुनु लामिछाने र अग्रज पत्रकार कौशल पाण्डेलाई सम्मान गर्ने निर्णय भएको उनले बताइन् ।
आँचलले अघिल्लो वर्षबाट प्रदान गर्न थालेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति सम्मान–२०७५ बाट साहित्यकार रुकु कार्कीलाई सम्मा गर्ने सचिव न्यौपानले जानकारी दिइन् । उनलाई सम्मानपत्रसहित नगद १० हजार प्रदान गरिने जनाइएको छ । उक्त सम्मान समाजसेवी हरिवंश भेटवालले मातापिताको सम्झनामा स्थापना गरेका हुन् । अघिल्लो वर्ष यो सम्मानबाट साहित्यकार प्रतिमा पाठक सम्मानित भएकी थिइन् । 
यसैगरी आँचलले यसवर्ष देखि स्थापना गरेको प्रतिभा तिवारी छन्द सम्मानबाट महाकाव्यकार बुनु लामिछानेलाई सम्मानित गरिने न्यौपानेले जानकारी दिइन् । उनका अनुसार यो सम्मानमा पनि सम्मानपत्रसहित नगद १० हजार प्रदान गरिने निर्णय भएको छ । साहित्यकार मुना अर्यालको संयोजनमा प्रतिभा तिवारी आफैंले सम्मान स्थापना गरेकी हुन् । 
यस्तै, आँचल साहित्य कला पुञ्जले इश्वर लम्साल स्मृति पत्रकारिता पुरस्कार–२०७५ बाट अग्रज पत्रकार कौशल पाण्डेलाई सम्मान गर्ने निर्णय गरेको छ । सम्मान पत्रसहित नगद ५ हजार ५ सय ५५ रुपैया प्रदान गरिने सचिव न्यौपानेले जानकारी दिइन् । उक्त सम्मान प्रकाश लम्साल र अप्सरा तिम्सिनाले पिता तथा ससुराको स्मृतिमा यसवर्ष स्थापना गरेका हुन् । अघिल्लो वर्ष पत्रकारिता पुरस्कारबाट पत्रकार ध्रुव अधिकारीलाई सम्मानित गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार