Tobaaco-1592046833.jpg
Health-Adv-1581264730.jpg

कला/संस्कृति

आज पुत्रदा एकादशी मनाइदै

6008082019103912-1596075962.jpg

१५ साउन, काठमाडौं । पौष शुक्लपक्षको एकादशीलाई पुत्रदा एकादशी पनि भनिन्छ । सन्तान तथा छोराछोरी नभएकाहरु सबैले पुत्रदा एकादशीको भक्तिभावका साथ व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ । पद्म पुराणका अनुसार सन्तान, सुख तथा आनन्द प्राप्तीको लागि पुत्रदा एकादशीको व्रत लिने गरिन्छ ।
धार्मिक मान्यता अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य सञ्चालन गर्दै आएका थिए । तर ती राजाका सन्तान भएका थिएनन् । राजा निःसन्तान भएका कारण राजपरिवार तथा प्रजामा चिन्ता थियो । राजा सुकेतुमानका बुवा समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी वा सन्तान नभएका कारण तनावमा थिए । एक दिन राजा सुकेतुमान घोडा चढि जंगल जाने क्रममा घना जंगलभित्र पुगे ।
जंगलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको लाग्यो । पानी पाइन्छकी भनि उनी जंगलको बीचमा पुगे । निकै पर उनले पानीको ताल देखे । त्यहाँ ऋषिमूनीहरु आश्रम बनाई वेदपाठ गरिरहेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले तालको पानी पिएर तिर्खा मेटाई ऋषिमूनीहरुलाई प्रणाम गरे ।
राजाले ऋषिमूनीहरुलाई किन तपाईँहरु यस ठाउँमा आउँनुभएको र यो यज्ञ के को लागि गरिरहनुभएको छ भनि सोधे । ऋषिमूनीहरुले पुत्रदा एकादशी आउँनै लागेकोले यहाँ आएको जवाफ फर्काए । राजाले पनि पुत्रदा एकादशी र त्यसको फलबारे जानकारी गराउँनुहोस् भन्दा ऋषिमूनिहरुले सन्तान प्राप्तीको लागि पुत्रदा एकादशीको व्रत लिएको सबै वृतान्त जानकारी गराए । राजाले पनि आफ्नो सन्तान नभएको र व्रत लिने जानकारी ऋषिमूनीहरुलाई गराई विधिपूर्वक व्रत लिए । व्रतका प्रभावले उनलाई पुत्र प्राप्ति भएको पौराणिक मान्यता अनुसार आज पनि पुत्रदा एकादशी व्रत महत्वपूर्ण मानिन्छ ।
पुत्रदा एकादशीको व्रत लिनको लागी एकदिन अगाडी अर्थात दशमीकै दिनबाट लशुन प्याज तथा शाकाहारी भोजन ग्रहण गर्नुपर्छ । एकादशीका दिन सबेरै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ ।
यसदिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ । बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप, दिप, नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ र फलफूलहरु चढाइन्छ । एकादशीको भोलीपल्ट द्वादशीका दिन बिष्णु भगवानलाई अर्घ दिएर व्रत र पूजा समापन गरिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Health-Adv2-1529145952-1581696162.jpg
Shivam-1570168772.png
त्रिभुवन राजपथ अन्तर्गत टिष्टुङमा पहिरो केही सवारी पुरिएको आशंका
png-transparent-traffic-s-1597335504.png

२९ साउन,हेटौँडा।त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका-१२ टिष्टुङ गैरीगाउँमा पहिरो जाँदा केही सवारी र मानिस...

मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण
Isolation-Ward-1590768133-1597323068.jpg

२९ साउन, हेटौंडा । मकवानपुरमा एकैदिन ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका...

राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ 
anfa_xDjTOfpxeh-1597322653.jpg

२९ साउन, हेटौंडा । कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट...

कोरोना अपडेट:मकवानपुरगढीमा २ जना थपिए
20200813_182618-1597322592.jpg

२९ साउन, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो २ जना कोरोना संक्रमित थपिएका छन् । मकवानपुरगढी...

हेटौंडा नगरमै थपिए १२ जना कोरोना संक्रमित
20200717_175535-1597321388.jpg

२९ साउन, हेटौंडा । हेटौंडा नगरमै विहिबार थप १२ जनामा कोरोना थपिएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य...

आज १०९ जना भए कोरोना मुक्त
20200620_171528-1597315939.jpg

२९ साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।स्वास्थ्य तथा जनसंख्या...

कोरोना अपडेट: आज थपिए ५२५ कोरोना संक्रमित
20200813_160545-1597315713.jpg

२९ साउन,हेटौँडा। नेपालमा बिहिबार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

कोरोना अस्पतालमा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ
images(1)-1597312988.jpg

२९ साउन, बुटबल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा मुत्यु भएका कपिलवस्तुका युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ...

स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु
20200604_122238-1597312862.jpg

२९ साउन, बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३...

थप समाचार