Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

आदिवासी जनजातिद्वारा मूख्यमन्त्रीलाई ज्ञापनपत्र

P1.1-1523789862.jpg

२ बैशाख, हेटौँडा । नेपाल सरकारले सार्वजनिक विदा कटौति गरेको विरोधमा आदिवासी जनजाति सम्बद्ध संस्थाहरुले ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।  २०७५ सालको विदा कटौति गर्ने क्रममा संघीय सरकारले आफुहरुको पर्वमा दिईदैं आएको विदा कटौति भएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
मुख्यमन्त्रीको कार्यालय हेटौँडामा गुरुङ राष्ट्रिय परिषद् र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् मकवानपुरले छुट्टा छुट्टै बुझाएका छन् । ज्ञापन पत्रमा आदिवासी जनजाति समुदायले मनाउँदै आएको तमू, सोनाम, ग्याल्वो ल्होसार, उधौली/उभौली, माघे संक्रान्ति, माघी पर्वलगायत संस्कृतको जर्गेनाका लागि मनाउने पर्वको सार्वजनिक बिदा कटौती गरेको भन्दै निर्णय फिर्ताका लागि संघीय सरकारसंग पहल गर्न माग गरिएको छ । 
नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थ थापा मगर, तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद ३ नम्बर प्रदेश प्रमुख सन्तलाल गुरुङ र अध्यक्ष धर्मराज गुरुङले ऐतिहासिक सांस्कृतिक पर्व जर्गेनाका लागि यस्ता पर्व आवश्यक रहेको भन्दै मूख्यमन्त्रीलाई आफ्नो संस्थाको तर्फबाट ज्ञापनपत्र बुझाएका छन् । जनसंख्याको ३५.२ प्रतिशतले मनाउँदै आएको आप्mनो सांस्कृतिक पर्वहरुमा पाउँदै आएको विदाको निरन्तरता हुनुपर्ने नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरले माग राखेको छ ।  
महासंघले बुझाएको ज्ञापन पत्रमा धर्म निरपेक्ष देशमा परापुर्व कालदेखि आदिवासी जनजातिहरुको सांस्कृतिक आहारको रुपमा प्रयोग हुँदै आएको गाईको मासुलाई सरकारले कानूनी मान्यता दिनुपर्ने र यही सवालमा जेल जीवन विताईरहेकाहरुलाई क्षतिपूर्तिसहित रिहार्य गर्नुपर्ने, प्रदेशको नामाकरण गर्दा पहिचानको आधारमा गरिनुपर्ने लगायतका ६ बुँदे माग राखेको छ । 
ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री पौडेलले आफुले यसलाई सकारात्मक रुपमा लिएको भन्दै मागलाई प्रधानमन्त्री कार्यालयमा पुग्ने व्यवस्था गर्ने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार