Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

आहा ! घलेगाउँ (तस्बिरहरु)

14-1583201180.jpg

घलेगाउँ

२० फागुन, हेटौंडा । लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं ३ स्थित अन्नपूर्ण हिमश्रृंखलाको काखमा रहेको गाउँ हो घलेगाउँ । दक्षिण एशियाकै नमूना होमस्टेको रुपमा परिचित घलेगाउँमा पाईने आतिथ्यता र प्रकृतिको मनोरम दृष्यावलोकनका लागि पर्यटकहरुको बाक्लो उपस्थिति रहने गरेको छ । तनहुँको डुम्रेबाट उत्तरतर्फ लागेपछि लमजुङको सदरमुकाम बेसीशहर पुगिन्छ । बेसीशहरबाट मनाङ जाने बाटो छोडेर उत्तरपश्चिम अर्को बाटो हुँदै पुमा गाउँ, बाग्लुङपानी, कपुर गाउँजस्ता साना बजारहरु छिचोल्दै ४ घण्टामा सडक सञ्जालबाटै पुग्न सकिने घलेगाउँ प्रकृति र शान्त वातावरण खोज्नेहरुका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । रातो छानाले छाएका घलेगाउँमा रहेका घरहरुमा पाहुनाहरुलाई आफ्नो क्षमता अनुसार आवास र सत्कारको व्यवस्था गरिएको छ ।  घलेगाउँमा गाउँमै उत्पादन भएको परिकार पस्कने गरिन्छ । घले गाउँमा गुरुङ समुदायको ९५ प्रतिशत उपस्थिति संगै जनजाति र दलित समुदायको बसोबास छ । विहान गोर्खा पार्कबाट सूर्योदयको मज्जा लिन र हिमाललाई नजिक आँखै अगाडि देख्न पाईने त्यो दृष्यको वर्णन शव्दमा गर्न सकिंदैन । घलेगाउँ नजिक रहेको घनपोखरा, उत्तरकन्या मन्दिर र कुवा, त्यसनजिकको गुम्बा, चिया बगान, संग्राहलय जस्ता घुम्ने स्थान रहेका छन् । साँझपख देखाईने घाटु नाचसहितको दोहोरीले पर्यटकलाई मन्त्रमुग्ध बनाउँदछ । एकैदिनमा पुग्न सकिने, ग्रामिण परिवेश र प्रकृतिको आनन्द लिन चाहनेहरुले एकपटक घलेगाउँ पुग्नै पर्छ ।
तस्विरहरु : रुपेश दुलाल/भरत सापकोटा/नवराज न्यौपाने

1-1583201356.jpg

घलेगाउँबाट देखिएको हिमश्रृंखला

2-1583201359.jpg

उत्तरकन्या मन्दिर अगाडिको चौर

3-1583201362.jpg

घलेगाउँबाट देखिएको हिमश्रृंखला

4-1583201559.jpg

घलेगाउँ

6-1583201562.jpg

घलेगाउँमा बनाईएको दाउराको भकारी आकारको चाँङ

7-1583201566.jpg

पुमा गाउँबाट देखिएको हिमश्रृंखला

8-1583201569.jpg

घलेगाउँमा राडि बुन्दै एक बृद्धा

9-1583201810.jpg

घलेगाउँ जाने बाटो

10-1583201813.jpg

उत्तरकन्या मन्दिर

11-1583201817.jpg

घलेगाउँ

12-1583201821.jpg

घलेगाउँ जाने बाटोबाट देखिएको हिमश्रृंखला

13-1583201935.jpg

घलेगाउँ जाने बाटोबाट देखिएको बेसीशहरतर्फको दृष्य


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार