Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

उचित क्षतिपूर्ति दिई संक्रमित क्षेत्रका सबै कुखुरा नष्ट गर्ने निर्णय

Photo-1552573734-1552650654.jpg

गुगल फोटो

१ चैत, हेटौंडा । हेटौँडा नगर भित्रका बर्ड फ्लु प्रभावित क्षेत्रका कुखुरा किसानलाई उचित क्षेतिपुर्ति दिएर नष्ट गर्ने निर्णय भएको छ । 
शुक्रबार प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गको अध्यक्षतामा व्यवसायी र किसान सहितको बैठकले उचित क्षेतिपुर्ति सहित बर्ड फ्लु संक्रमित क्षेत्रका लेयर्स कुखुरा मार्ने निर्णय गरेको हो ।
प्रजिअ तामाङ्को अध्यक्षतामा जिल्ला प्रशासन कार्यलयमा शुक्रबार  ४ घण्टा सम्म चलेको बैठकले ६ वटा निर्णयमा पुगि नष्ट गर्ने निर्णयको टुङगो लागेके हो । 
आजको बैठकले क्षेतिपुर्ति निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरीएको छ । जसमा किसानको प्रतिनिधित्व गर्ने मकवानपुर कुखुरा व्यवसायी संघले जिउदो लेयर्स ९ सय, व्रोईलर ४ सय, दाना प्रति केजी ६५ र अण्डा प्रतिगोटा ११ रुपियाँ मूल्य निर्धारण गरि जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितीलाई बुझाउने भएको छ । बैठकले संक्रमित क्षेत्रलाई रेड एरिया धोषित गरेको छ । बैठकमा पशु सेवा बिभाग बाट बिरष्ट पशु चिकित्सक रामकुमार कार्कि, डाक्टर बिकेश राउत र प्रबिधिक प्रकाश मगर सहित उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, हेटौंडा उपमहानगरका उपमेयर मिना लामा कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारी सिहत किसानहरुको सहभागिता रहेको थियो  । 
  

                                   यस्तो छ  निर्णयहरु
 निर्णय नम्बर १ नम्बरमा बर्ड फ्लु रोग नियन्त्रणको लागि आवश्यक जनशतिm अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरबाट र उच्च नियकायबाट नपुग भएक अन्य निकायहरुबाट समेत थप  माग गरि वर्डफ्ल रोग नियन्त्रक कक्षाका संयोजकले खटाउने।

त्यस्तै निर्णय  नम्बर २मा पशुु सेवा विभाग अनुसार प्राप्त पत्रअनुसार तोकिएको चार किल्ला क्षेत्र भित्रका घरपालुवा पन्छी तथा पन्छी जन्य पदार्थ नष्ट गरी तह लगाउने । 
निर्णय नम्बर ३मा  चार किल्ला क्षेत्र बाहिर रहेका कुखुरा तथा पन्छीहरुको निरन्तर सर्भिलेन्स गरि नमुना संकलन गरी प्रयोगशाला परिक्षण गर्न पठाउने र प्रयोगशालाबाट बर्ड फ्लु एचफाईभ प्रमाणित भई आएको खण्डमा मात्र उच्च खोरको पन्छी नष्ट गरी तह लगाउने ।


निर्णय नम्बर ४ मा पन्छी तथा पन्छी जन्य पदार्थ नष्ट गरिसकेपछि जसको नष्ट हुन्छ, उसैको जग्गामा तह लगाउने । 


निर्णय नम्बर ५ मा निर्णय न २ अनुसार नष्ट गरिएको पन्छी तथा पन्छी जन्य पदार्थहरुको क्षतिपुर्तीको दर रेट निर्णधारण गर्न बर्ड फ्लु नियन्त्रण आदेश २०६४ को दफा ५ (क) बमोजिको सिफारीस अनुसार क्षतिपुर्तीको लािग पशु सेवा विभागमा सिफारीस गर्ने ।


निर्णय नम्बर ६ मा बर्ड फ्लु रोग नियन्त्रण गर्न पन्छी तथा पन्छी जन्य खलार्थ नष्ट गर्ने र नष्ट भएका पदार्थलाई तह लगाउने लगायतका सबैकाममा सरकारवाला र सम्बन्धीत सबैले सहयोग गर्ने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार