Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

उदयसिँ पत्रकारिता पुरस्कारबाट अधिकारी पुरस्कृत

Ganesh-1517325262.jpg

१६ माघ, हेटौँडा । पहिलो उदयसिँ पाठक स्मृति पत्रकारिता पुरस्कार पत्रकार गणेश दर्पण अधिकारीलाई प्रदान गरिएको छ ।
नगद ७ हजार २२२ राशीको पत्रकारिता पुरस्कार मङ्गलबार बस्तीपुर जेसीज हाँडीखोलाको सातौँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमकाबीच पत्रकार अधिकारीलाई प्रदान गरिएको हो ।
बस्तीपुर जेसीजको स्थापनाकालदेखि सन् २०१६ सम्म बोर्ड सल्लाहकार रहेका पाठकको स्मृतिमा उनको परिवारले स्थापना गरेको पुरस्कार पत्रकार महासंघ मकवानपुरका सचिव समेत रहेका अधिकारीलाई प्रदान गरिएको हो ।
ग्रामीण एवम् दूरदराजका समस्या उठानसंगै सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो । यस्तै पाठककै नामको सोही राशीको सामाजिक सम्मान मानवसेवा आश्रम हेटौंडाका प्रमुख रामजी अधिकारीलाई प्रदान गरिएको छ ।
सम्मानित दुवैलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य एवम् पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ, उदयसिँ पाठक स्मृति प्रतिष्ठानका संरक्षक सावित्री पाठक, जेसीज अध्यक्ष राममणि बर्तौलालगायतले नगद, दोसल्ला, माला र सम्मानपत्र प्रदान गरेका हुन् ।
बस्तीपुर जेसीजको पदस्थापन तथा पुरस्कार वितरण समारोहमा अब प्रत्येक बर्ष एक जना पत्रकार र एकजना सामाजिक सम्मान प्रदान गर्दै जाने पाठकको परिवारले जानकारी दिएको छ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार