Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

एक घण्टामै स्तनपान गराए शिशु मृत्युदर घट्ने

Breast-Feeding-1470042993.jpg

१७ साउन, हेटौँडा । शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान गराए शिशु मृत्युदरमा रोकथाम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मीहरुले यस्तो जानकारी दिएका हुन् । 
कार्यालयकी पव्लिक हेल्थ नर्स मिलन घिमिरेले शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान गराए शिशु मृत्युदर २२ प्रतिशतले रोकथाम बताईन् । उनका अनुसार ५४ प्रतिशत शिशुको जन्मिएको एक महिनाभित्र मृत्यु हुने गर्दछ र एक घण्टामा स्तनपान गराए यो मृत्युदर २२ प्रतिशतले रोकथाम हुन्छ । बच्चालाई जन्मिएको ६ महिनासम्म आमाको दूधमात्रै खुवाउनुपर्ने र ६ महिनापछि पोषिलो खानेकुरासँगै २ बर्ष वा बढिसमय दूध खुवाउनाले बच्चा स्वस्थ हुने उनको भनाई छ ।
पछिल्लो तथ्यांक अनुसार मकवानपुरमा सुत्केरी आमामध्ये २ हजार ९ सय ८१ जनाले ६ महिनासम्म बच्चालाई आफ्नो दुध खुवाउने गरेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । मकवानपुरमा आव ०७२÷०७३ मा ४ हजार ६ सय ३० जनाले दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति सेवा लिएका छन् । 
समाजमा रहेको स्तनपानबारेको भ्रम हटाउन अगष्ट १ देखि ७ अर्थात साउन १७ देखि २३ गतेसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निरीक्षक भीमसागर गुरागाई र भोला चौलागाई, तथ्यांक अधिकृत सुरेश यादव लगायतले सहजिकरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
aago-1713580573.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

थप समाचार