Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

ओलम्पिक छनोटः नेपाल म्यानमारसँग १–१ मा रोकियो 

Mahila-Team-1541946220.jpg

२५ कार्तिक, हेटौँडा । सन् २०२० को टोकियो ओलम्पिक खेलकुदका लागि एसियाली समूहको महिला फुटबल छनोटमा नेपालले लगातार दोस्रो बराबरी खेलेको छ ।
आइतबार आयोजक म्यानमारसँग भएको दोश्रो खेलमा नेपालले १–१ कै बराबरी खेलेको हो । यसअघि पहिलो खेलमा भारतसित पनि नेपालले १–१ गोलको बराबरी खेलेको थियो ।
नेपालले खेल सुरु भएको दोश्रो मिनेटमै पाएको पेनाल्टीमा गरेको गोलबाट अग्रता लिएको थियो । सावित्रा भण्डारीलाई म्यानमारकी खेलाडीले ‘डी बक्स’भित्र लडाएपछि पाएको पेनाल्टीलाई साबित्राले दोस्रो मिनेटमै गोलमा परिणत गरेकी थिइन् ।
नेपालले अग्रतालाई धेरैबेर टिकाउन भने सकेन । १४औं मिनेटमै म्यानमारले कर्नर प्रहारबाट बराबरी गोल गरेको थियो ।
त्यसपछि भने दुवैतर्फबाट गोल हुन नसक्दा दुवै टिमले १–१ अंक बाँडे । यो बराबरीसँगै नेपालले दोस्रो चरणमा पुग्ने सम्भावना भने कायम राखेको छ ।
यस समूहमा रहेका भारत र म्यानमारको समान ४/४ अंक रहेको छ । नेपालको भने २ अंक भएको छ । म्यानमारले पहिलो खेलमा बंगलादेशलाई ५–० ले पराजित गरेको थियो । भारतले आइतबारै आफ्नो दोस्रो खेलमा बंगलादेशलाई ७–१ ले हराएको छ ।
अन्तिम खेलमा म्यानमार र भारतले बराबरी खेल्दा नेपालले बंगलादेशमाथि फराकिलो अन्तरको जित निकाले नेपाल अघिल्लो चरणमा प्रवेश गर्ने छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

थप समाचार