Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

कटुवाललाई पूर्व अध्यक्षहरुको ‘आर्शिवाद’

Krishna1-1513927097.jpg

७ पुस, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको पुस १५ गतेदेखि हुन लागेको ५१ औं साधारणसभामा वर्तमान बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । 
हेटौंडामा आज पत्रकार सम्मेलन गरी कटुवालले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । प्यानल घोषणा कार्यक्रममा बोल्दै कटुवालले विगतका कार्यकालमा आफुले पाएको जिम्मेवारी पूर्ण रुपमा बहन गरेको बताए । उनले आगामी कार्यकालमा व्यवसायिक हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । आफुसंग विगत लामो समयदेखि संघमा काम गरेको अनुभव रहेको भन्दै उनले मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरुले उचाईमा पु¥याएको व्यवसायिक मर्यादा कायम गर्न थप जिम्मेवार ढंगले अघि बढ्ने बताए । 
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष उत्तम शर्मा ढकालले आफुहरुले ठूलो मेहनतका साथ संस्थालाई अहिलेको स्थितिमा ल्याईपुर्याएको र अहिले देशकै अग्रणी उद्योग बाणिज्य संघको रुपमा परिचित रहेको भन्दै यसलाई काम गर्न सुझाव दिए । उनले पूर्व अध्यक्षहरुको ‘आर्शिवाद’ कटुवालको टिमलाई रहेको बताए । कार्यक्रममा पूर्व अध्यक्ष अरुणराज सुमार्गीले उद्योग बाणिज्य संघको विगतदेखिको व्यवसायिक इतिहास र मर्यादा कायम गर्न सक्ने टिम कटुवालको नेतृत्वमा रहेकोले आफुहरुले समर्थन गरेको बताए । उनीहरुले व्यवसायीहरुको हितमा काम गर्ने संस्था भएकाले गुट उपगुटमा विभाजित हुँदा संस्थाको मर्यादामा आँच आउनेतर्फ सचेत रहन आग्रह गरे । 
कार्यक्रममा बाणिज्यतर्फको उपाध्यक्षमा दिपक शर्मा ढकाल, उद्योगतर्फको उपाध्यक्षमा माधव न्यौपाने, एशोसियट उपाध्यक्षमा गणेश भेटवाल र बस्तुगत उपाध्यक्षमा रामप्रसाद न्यौपाने, बाणिज्य सदस्यहरुमा अनिल अग्रवाल, काव्यमणी अधिकारी, रवि शर्मा कँडेल, माधव ज्ञवाली, कुलप्रसाद चौलागाई, अनिलभक्त श्रेष्ठ, उद्योगतर्फको समस्यमा प्रमोदसिंह रानाभाट, छतेन्द्र आचार्य, सन्तोष अर्याल, रुपकराज दाहाल, एशोसियटतर्फको सदस्यमा विष्णु खनाल, विष्णुगोपाल महर्जन, राजाराम कार्की, दिपक उप्रेति, बस्तुगत सदस्यमा सुनिल अधिकारीको उम्मेदवारी घोषणा गरिएको थियो । 
पत्रकार सम्मेलनमा थप केही सदस्यको नाम केही दिनभित्र तय गर्ने जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु केशवलाल श्रेष्ठ, जीवनकाजी माकजु श्रेष्ठ, उत्तम शर्मा ढकाल, अरुणराज सुमार्गी, भुवनलाल श्रेष्ठसहित उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Krishna2-1513927098.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार