विकास

कमसल कालोपत्रेको हात्तिलेटबासीबाट खबरदारी

Kalopatre-1531659209.jpg

३१ असार, हेटौँडा । कमसल कालोपत्रे गरेको भन्दै हेटौँडा–६ हात्तिलेटका स्थानीयले खबरदारी गरेका छन् । उनीहरुले कमसल गरेको कालोपत्रे हटाएर नयाँ गर्नुपर्ने भन्दै खबरदारी गरेका हुन् । 
आइतबार हात्तिलेट पुगेका हेटौँडाका सञ्चारकर्मीहरुसंग उनीहरुले कमसल कालोपत्रे गर्ने ठेकेदारलाई सम्बन्धित निकायले कारवाही गर्नुपर्ने र काम गुणस्तरीय हुनुपर्ने बताए । कालोपत्रे गरेको भोलीपल्ट देखि नै उक्किन थालेकाले राज्यको लाखौं रकम दुरुपयोग हुने अवस्था आएको स्थानीय ध्रुव सापकोटाले बताए । हेटौँडा उपमहानगरपालिकाका प्राविधिकले समेत निगरानीमा वेवास्ता गरेको भन्दै काम गुणस्तरीय गराउन ध्यान दिनुपर्ने स्थानीयको भनाई छ । गुणस्तरहिन काम भएको स्थानमा पुन नयाँ कालोपत्रे गर्नुपर्ने स्थानीय हरिप्रसाद चौलागाईको भनाई छ । 
यता, हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले हेटौँडा नगरपालिकाका प्राविधिकले गुणस्तरबारे निक्र्यौल गर्ने भन्दै गुणस्तरहिन कालोपत्रे भएको स्थानमा पुनः कालोपत्रे गराउने बताए ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
जनकल्याणको शिविरमा २३० जनाको उपचार 
Health-Camp-1534609899.jpg

२ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको स्वास्थ्य शिविरमा २...

नागरिकता विधेयकबारे बोलिन् नेतृ डिना
Dina-1534594500.jpg

२ भदौं, काठमाडौं । जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्याय...

यसकारण गरे पेटिकोट लगाएर महिलाले प्रदर्शन
Protest-1534592311.jpg

२ भदौं, काठमाडौं । महिलाहरुले काठमाडौंको माईतीघर मण्डलमा पेटिकोट लगाएर अर्धनग्न प्रर्दशन गरेका छन् । पेटिकोट...

पदमपोखरीमा मुलुकी संहितासम्बन्धी सचेतना
trade3-1534585196.jpg

२ भदौं, हेटौँडा । हेटौँडा–१३ पदमपोखरीमा नयाँ मुलुकी संहिता (देवानी तथा फौजदारी) २०७४ सम्बन्धी सचेतना कार्यक्रम...

हेटौँडा वडा नम्बर ६ मा सरसफाई
Sarsafaai-Photo1-1534584897.jpg

२ भदौं, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा शनिबार सरसफाई कार्यक्रम गरिएको छ । टोल विकास संस्था नगर समन्वय समितिको...

६ मध्ये ३ विधेयक प्रदेशसभाबाट पारित
1-Bhadra-Photo-Samsad-1534509897.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार प्रस्तुत भएका ६ मध्ये  ३ विधेयक पारित भएको छ ।...

शुक्रबार ३ विधेयक प्रदेशसभामा प्रस्तुत हुने
Pradesh-Photo-1534488470.JPG

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा शुक्रबार ३ वटा विधेयक प्रस्तुत हुने भएका छन् ।  प्रदेशसभा...

यसरी पोखे मूख्यमन्त्री र मन्त्रीले मिडियामाथि आक्रोश
1-Bhadra-Photo-1534488162.jpg

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले शुक्रबारबाट लागु भएको देवानी तथा फौजदारी...

तीन विधेयक दफावार छलफलका लागि समितिमा
Pradesh-Photo-1534430334.JPG

३१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएको छ...

थप समाचार