Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कम्युनिष्टहरुको सिद्धान्त उग्रता, उदण्डता र अराजकता : नेता भण्डारी

Sankhar-Bandari-1526735376.jpg

५ जेठ, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय केन्द्रीय एवं पूर्व बनमन्त्री शंकर भण्डारीले हिजो भएको कम्युनिष्टहरुको बाम एकता २ वर्षपनि नटिक्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा ईकाई आयोजनामा भएको नेविसंघको वार्षिक मुखपत्र सुनगाभा विमोचन कार्यक्रममा शनिबार बोल्दै प्रमुख अतिथि भण्डारीले नेपालका कम्युनिष्टहरुको विगतमा पटकपटक नारी छामिसकेकोले यो एकता २ वर्षपनि नटिक्ने दावी गरे । कम्युनिष्टहरुको सिद्धान्त नै उग्रता, उदण्डता र अराजकता भएकाले कहिल्यै विश्वास गर्न नसकिने बताएका छन् । केन्द्रीय सदस्य भण्डारीले भने–यिनीहरु भनेका खहरे खोला जस्तै हुन् बर्खामा एकदिन आएर विनाश मात्रै गर्छन्, अरुबेला कमिलो हिड्छ । 

नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस ईतिहास भएको पार्टी भएकाले ईतिहासको कुरा गर्दा कसैलाई टाउको दुख्न नहुने बताए । कम्युनिष्टहरु बारम्बार काँग्रेस ईतिहासको मात्रै कुरा गर्छ ? भन्दै हिडेको सुनेकाले काँग्रेसले ईतिहासमा पनि धेरै काम ग¥यो, बर्तमान र भविष्यमा पनि धेरै लोकप्रिय र जनतामुखी काम गरिरहेको र गर्ने बताउँदै हिजो बन्दुकमा विश्वास गर्नेलाई ब्यालेटमा ल्याउने, संविधान जारी गर्ने र मधेशलाई मिलाउँदै आफू हारेर पनि लोकतन्त्रलाई बचाउन तीनै चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने काम काँग्रेस नेतृत्वले गरेका कारण काँग्रेसले ईतिहास, वर्तमान र भविष्य सबैको कुरा गर्ने बताए ।

ईकाई सभापति पंकजकुमार ठाकुरको सभाध्यक्षतामा भएको बार्षिक मुखपत्र सुनगाभा बिमोचन कार्यक्रममा अतिथिहरु नेविसंघ उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र पवनकुमार यादव, काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोईराला, नगर सभापति आनन्दराम पराजुली, तरुण दल अध्यक्ष ईश्वर पाठक, क्याम्पस प्रमूख कृष्णप्रसाद दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्मारिका विमोचनसंगै विशिष्ठ अतिथि बानियाँलाई सम्मानपत्र, नयाँ विद्यार्थीलाई स्वागत, पूर्व विद्यार्थीहरुलाई सम्मान र सुनगाभा प्रकाशनमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई मायाको चिनो वितरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

थप समाचार