Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

कविता : बन्दुक

Yash-1553842241.jpg

यश लामा


सुप्रिमो !
तिमीले बुझाएको बन्दुक
अब हुनेछ मेरो काँधमा ।

त्यही दिन गरेको हुँ
मैले यो फैसला
जुन दिनदेखि तिमीले
बन्दुक बिसाएर
आफ्नो काँधमा
बोक्न थालेका थियौ
नव जल्लादहरूलाई ।

तिम्रो छातीमा त
सेक्सी नायिकाको
अर्धनग्न फोटो देख्छु ।

आँखामा थकाइ देख्छु
सुस्केराहरूमा उस्तै निरासता
हातमा कामसूत्रवाला पुस्तक
प्रत्येक साँझ सूर्य पनि
तिम्रै गिलासमा खसेको देख्छु ।

मालिक !
कम्युनिस्ट मेनोफेस्ट्रोको
हवाईजहाज उडेर कहाँ पुग्यो ?
पूँजीको पानीजहाज
कुन समुद्रमा छ ?
रगत र पसिनाले सिर्जिएको हाम्रो
ऐतिहासिक झण्डा खोइ ?

भुइँको खाल्डो
बादलले देखेको इतिहास छ र ?

तिमी सिंहासनमा बसेर
सत्ताको चास्नी खाइराख
सुदखोरीहरूको
घुमाउरो गीत गाइराख
म झुपडीको आवाज बोलिरहन्छु
न्यायको बन्दुक बोकिरहन्छु
पसिनाको गीत गाइरहन्छु ।

तिमी स्वयम्
अभ्यस्त छौ
बन्दुकबाट निस्किएको
विचारको आगो
कति महङ्गो छ ?
यो आफ्नोअर्काको भन्दैन
यो चुप बस्न मान्दैन
यसको धर्म पड्किनु हो
यसले पड्किन मात्र जानेको छ ।

कमरेड !
यो बन्दुकको आगो हो
यो विचारको आगो हो
यो अहमता जलाउँछ
यो मालिक जलाउँछ
यो उल्टो कुर्कुच्चो जलाउँछ
यो भ्रमको
धमिलो पानी पनि जलाउँछ ।

भेगियारे !
तिमीले बिसाएको
बन्दुकको विश्राम
अन्तिम हुँदै होइन ।

म भ्रममुक्त छु
लाल सरकार !
भ्रममुक्त छु
कि मैले बोक्ने
बन्दुकको अन्तिम गन्तव्य
सिंहदरबार हुँदै होइन
ब्राण्डेड जुत्ताको
नरभक्षी तलुवा झन हुँदै होइन ।

एक आज्ञाकारी
विद्यार्थी जस्तो
होइन विचारको बन्दुक
हेक्का रहोस्
यसको कुनै ईश्वर छैन
यो कुनै तालुकदारको
सेन्ट्री बस्दैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार