Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

काँग्रेसको सिद्धान्त पुरानो हुँदैन : बानियाँ

Indra-Bahadur-Baniya-Phot-1510667284.jpg

२८ कार्तिक, हेटौँडा । मकवानपुर क्षेत्र नम्वर २ को २ का उम्मेदवार ईन्द्र्रबहादुर बानियाँले बानियाँले नेपाली कांग्रेसको सिद्धान्त कहिल्यै पुरानो नहुने बताएका छन् । 
कांग्रेस मकवानपुर सभापति समेत रहेका बानियाँले कम्युनिष्टहरु जस्तो बेला बेलामा नाम र सिद्धान्त फेर्ने पार्टी कांग्रेस नभएको बताए । उनले भाषणा मात्रै गर्ने कम्युनिष्टहरुले जनता झुक्याउन बेला बेलामा नाम र सिद्धान्त फेर्ने गरेको भन्दै राणाकालदेखि कांग्रेस जनतामाझ रहेको बताए । 
थाहा नगरपालिका ७ र ८ को संयुक्त चुनाव प्रचार प्रसार कार्यालय आग्राको गैरीगाउँमा उद्घाटन गर्दै बानियाँले नाम फेरेपनि काम नगर्ने कम्युनिष्टहरुलाई मकवानपुरे जनताले चिनिसकेको भन्दै यसपालीको निर्वाचनमा उनीहरुलाई दण्ड दिने दावि गरे । उत्तरी मकवानपुरलाई पर्यटन क्षेत्रको विकासको लागि सबैभन्दा ठूलो महादेवको मूर्ति निर्माण गर्ने बताए । 
यस्तै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले थाहानगरलाई तरकारी उत्पादन  पकेट क्षेत्रको रुपमा विकास गरीने बताए । लोकतान्त्रिक गठबन्धनको सक्रियतामा हेटौंडालाई प्रदेश नम्वर ३ को अस्थायी राजधानी घोषणा गरिने भन्दैै स्थायी रुपमा राजधानी बनाउन पनि लोकतान्त्रिक गठबन्धन जित्नु जरुरी रहेको बताईन् । 
नेपाली काँग्रेस थाहानगरपालिका ७ नम्वर वडाका सभापति शिवराज थिङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्वर २ क का प्रदेश सदस्य उम्मेदवार यतिराज सापकोटा, थाहा नगरपालिका उपमेयर खड्ग गोपाली, नेपाली काँग्रेस ४ नम्वर क्षेत्रीय सभापति लोकबहादुर मोक्तान, राप्रपा मकवानपुरका क्षेत्रीय सदस्य चक्रमती मुक्तान, जिल्ला सदस्य रामबहादुर घले लगायतको आतिथ्यता रहेको थियो ।
एमाले र माओवादीबाट ८ जना काँग्रेस प्रवेश
थाहानगरपालिका ७ र ८ मा संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटनमा  नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी ८ जना काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले थाहानगरपालिका ३२ वर्ष सक्रिय कार्यकर्ता भई राजनीति गरेका विद्युत विष्ट, प्रकाश विष्ट, बेलबहादुर तितुङ, देवबहादुर वाइवा, नेकपा माओवादी केन्द्रका क्षेत्रीय सदस्य तथा संविधान सभाको उम्मेदवार शुक्र गोले, सुन्दर गिरी, भिमबहादुर योञ्जन अदिप विष्टसहितका नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् । एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका विद्युत विष्टले आफु कुनै स्वार्थ नबोकी थाहानगरको विकासको लागि काँग्रेसमा प्रवेश गरेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

थप समाचार