Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित

Samsad-1531999300.jpg

३ साउन, हेटौँडा । नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले संसद चल्न नदिने जनाएपछि बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित भएको हो । 
विहिबार दिउँसो २ बजे बैठक शुरु भए लगतै विशेष समय लिएर प्रमुख प्रतिपक्षी दल संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले संघीय र प्रदेश सरकार अधिनायकवादी प्रवृतितर्फ उन्मुख भएकोले संसद चल्न नसक्ने बताएका थिए । उनले ३ नम्बर प्रदेश भुकम्प प्रभावित प्रदेश भएपनि प्रदेश सरकारले केही सम्बोधन गर्न नसकेको, संविधान विपरित बजेट बक्तव्यमा जनयुद्ध शव्द प्रयोग गरेको, अनावश्यक ढंगबाट कर बढाएर भुकम्प पीडितमाथि आर्थिक भार बढाएको, उद्योग बर्ष घोषणा गरेपनि राहतको कुनै प्याकेज ल्याउन नसकेको लगायतका विषयहरु उठान गरेका थिए । 
त्यस लगतै कांग्रेसका प्रदेश सभा सदस्यहरू उठेर अवरुद्ध गरेपछि सभामुख सानू कुमार श्रेष्ठले प्रदेश सभा स्थगित भएको जनाएका थिए । विहिबारको बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दिपक निरौलाले अध्ययन प्रतिवेदन सभामा प्रस्तुत गर्ने, मूख्यमन्त्री तथा मन्त्रीपरिषदको सेवा तथा सुविधासम्बन्धी विधेयकमा प्रदेश मामिला समितिले बनाएको प्रतिवेदन समितिका सभापति माधवप्रसाद पौडेलले सभामा प्रस्तुत गर्ने कार्यसूचि तय भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार