Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसको १ नम्बर क्षेत्रीय प्रशिक्षण शुरू

FB_IMG_1486215539473-1486216226.jpg

२२ माघ, हेटौंडा । नेपाली काँग्रेस क्षेत्र नम्बर १ को हर्नामाडी, हटिया, मकवानपुर गढी गाविस र हेटौंडा उपमहानगरपालिको १९ देखि २५ वडासम्मको ७ वटा वडाको एकदिने संयुक्त प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी पहिलो चरणको कार्यक्रम अन्तरगत नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनालको सभाध्यक्षता, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद मिन विश्वकर्माको प्रमूख आथित्यतता तथा विशिष्ट अथिति नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको उपस्थितिमा प्रशिक्षण कार्यक्रम भएको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रमूख अथिति विश्वकर्माले समसामयिक राजनीतिक घट्नाक्रम, राजनीतिक तथा अहिलेको संविधानको विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

राज्यमन्त्री बानियाँले विकासको निम्ति आफूले यो क्षेत्र नम्बर १ को लागि आफूले अहिलेसम्म धेरै कार्य गरेको र भोलिका दिनमा पनि आफूले सक्नेसम्म गरिरहने बताउँदै नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा हरेक परिवर्तन गर्दै आएकाले विकास र जनताको सपनालाई साकार पार्न र फेरीपनि काँग्रेसले जिते अझ धेरै विकास निर्माणका कार्य हुने भन्दै काँग्रेसलाई जिताउन जनता लाग्नुपर्ने बतााए ।

राज्यमन्त्री बानियाँले लोकतन्त्र जित्नको लागि काँग्रेसको जित अपरिहार्य रहेको बताउँदै विभिन्न ठाउँमा भ्रष्टाचारको आरोप खेपेर आएको मान्छेहरुको बहानाको पछाडि नलाग्न पनि सबैलाई आग्रह गरे । 

प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य रामबाबु बानियाँ, सल्लाहाकार दामोदर सुवेदी, नगर सभापति आनन्दराम पराजुली, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, १ नम्बर क्षेत्रीय सचिव सुभात सिं थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा एमाले, राप्रपा, एमाओवादी र अन्य विभिन्न पार्टी परित्याग गरी क्षेत्र नम्बर १ बाट २ दर्जनभन्दा बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

त्यस्तै क्षेत्र नम्बर १ को दोस्रो चरणको प्रशिक्षण कार्यक्रम बकैयाँ गाउँ पालिका अन्र्तगत ठिंगन, मन्थली, शिखरपुर, धियाँल तथा छतिवन गाविसको यही माघ २९ गते हात्तिसुँढेमा  र बाग्मती गाउँपालिकाअन्र्तगत बेतिनी, राईगाउँको फापरवारीमा फागुन १ गते प्रशिक्षक नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र महेश दाहालले प्रशिक्षण दिने कार्यक्रम तय भएको काँग्रेस मकवानपुरका १ नम्बर क्षेत्रीय सभापति खनालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार