५ साउन, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक विपि कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शनिबार हेटौंडा उपमहानगरपालिकाको दुई वडामा खाद्यान्न वितरण गरेको छ ।
नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता एवं व्यापार संघ मकवानपुरका संयोजक काब्यमणि अधिकारीको सभाध्यक्षतामा भएको हेटौंडा उपमहानगरपालिका १६ को साजबोटेका विपन्न र गरिब १८ घर परिवारलाई १८ बोरा चामल, दाल, तेल, नुनलगायतका खाद्यान्नहरु वितरण गरिएको हो ।
त्यसैगरी शनिबारै हेटौंडा उपमहानगरपालिका १५ सयफुटका चेपाङ र प्रजाका १९ विपन्न तथा गरिब घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । लोकतान्त्रिक व्यापार संघको सौजन्यमा १९ बोरा चामल, दाल, तेल, नुनलगायतका खाद्यान्नहरु वितरण गरिएको लोकतान्त्रिक व्यापार संघका संयोजक अधिकारीले बताए ।
खाद्यान्न वितरण कार्यक्रममा उपसभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, सल्लाहकार दामोदर सुवेदी, उत्सव ईटेनी, १६ नम्बरका वडा अध्यक्ष रामकृष्ण कोईराला, १५ नम्बरका वडा अध्यक्ष महारत्न लामा, १३ नम्बरका पार्टी सभापति कृष्ण थिङ, तरुण अध्यक्ष ईश्वर पाठक, नेविसंघ अध्यक्ष राजु खतिवडा, तरुण जिल्ला सचिव सचित थापा, नेपाल प्रेस युनियनका सहसचिव सुजन विडारी, नेविसंघ जिल्ला सदस्य कविता बर्तौला, काँग्रेस ३ नम्बर क्षेत्रीय सचिव घनश्याम नेपाल, ब्यापार संघका कृष्ण कार्की, बसन्त कर्पौला, धर्मराज बानियाँ, विज्ञान रिमाल, संचारकर्मी गंगाप्रसाद पौडेललगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...
११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...
११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ। ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...
११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औ...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...
११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...
११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...
११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...